पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Sunday, March 20, 2016

कञ्चनपुरमा सर्पदंश उपचार केन्द्रमा नै औषधि अभाव - निर्माणधिन भवन समेत अलपत्र

    २०७२ चैत ७ (आइतबार) कञ्चनपुर / सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले कञ्चनपुरको अर्जुनीमा स्थापना भएको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएको छ ।

    नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायद्वारा सञ्चालनमा ल्याइएको उपचार केन्द्रमा ‘एन्टी स्नेक भेनम’को अभाव भएको हो ।निःशुल्क रुपमा औषधि उपलब्ध गराउनका लागि सरकारी निकायले चासो नराख्दा सर्पदंशका बिरामीलाई सेवा दिन नसकिने अवस्था रहेको केन्द्रका अध्यक्ष लोकेन्द्र ऐरीले बताए ।
“औषधि अभाव भएपछि सर्पदंशका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था सिर्जना भएको छ” – उनले भने ।

     यसैगरी, सर्पदंशका बिरामीलाई सहज रुपमा सेवा दिनका लागि निर्माण थालिएको भवनसमेत रकम अभावले अलपत्र परेको छ । जिल्ला विकास समिति कञ्चनपुरले रु एक लाख २५ हजार र झलारी पिपलाडी नगरपालिकाले रु एक लाख ५० हजार रकम प्रदान गरेर निर्माण थालेको भवनको छाना राख्नका लागि रकम अपुग भएपछि अलपत्र परेको हो ।

      निर्माणाधीन चारकोठे भवनका लागि अझै रु १२ लाख आवश्यक पर्छ अध्यक्ष ऐरीले भने – “रकम जुटाउनका लागि दातृनिकायसँग आग्रह गरेका छौँ ।” हालसम्म कुनै पनि निकायबाट रकमको व्यवस्था नहुँदा केन्द्रको भवन निर्माणको कार्य चार महिनादेखि अलपत्र परेको हो । गत वर्षदेखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र नेपाली सेनाकै ब्यारेकको कोठामा सञ्चालन हुँदै आएको छ । उपचार केन्द्रमा एक वर्षअघि निःशुल्क रुपमा ५० बढी सर्पदंशका बिरामीको उपचार गरिएको छ । रासस
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution ) 

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन