पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Friday, January 20, 2023

‘भरतपुर अस्पतालको चौतर्फी विकासले तीव्र गति लिदैछ’ : मेसु डा. पौडेल

मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेल
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेल । तस्बिर : जय पाठक (जेपी)

चितवन, ६ माघ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको चौतर्फी विकासका कामहरू तीव्र गतिमा भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जनाएका छन् ।



अस्पतालको दीगो विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायतका अस्पतालको चौतर्फी विकास निर्माणको काम भइरहेकोउनले बताए । अस्पतालमा आवश्यक नयाँ मेडिकल उपकरण, भवन निर्माण लगायतको विकासका काम भइरहेको समेत उनले जानकारी दिए ।


भरतपुर केन्द्रीय अस्पताल
भरतपुर अस्पतालले हालै मात्र सञ्चालनमा ल्याएको छुट्टै इमर्जेन्सी भवन । तस्बिर : जय पाठक (जेपी)



अस्पतालले प्रसूति र सरूवा रोगको छुटाछुट्टै ब्लक समेत बनाउन लागिएको उनले जनाए । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवाप्रवाहमा आफ्नो ध्यान केन्द्रित भएको छ । टाढाबाट सेवा लिन आउने बिरामी समेतलाई मध्यनजर गरी बिहान ८ बजेबाट नै जनरल ओपिडी सेवा थालिएको उनले जनाए । यो सेवाबाट बिमा र अन्य बिरामी समेतले सहज रूपमा सेवा पाइरहेको भन्दै उनले यो सेवा प्रभावकारी भएको बताए । 

भरतपुर अस्पताल
भरतपुर अस्पतालको प्रशान भवन । तस्बिर : जय पाठक (जेपी)


सेवाग्राहीलाई टिकट लिन घण्टौँ लाईन बस्नुपर्ने बाध्यतालाई हटाउन अनलाइन टिकटको व्यवस्था गरिएको छ । लामो प्रयास पछि योठूलो उपलब्धि हासिल गरिएको हो । शल्यक्रिया गर्नुपर्ने बिरामीले लामो समय कुर्नु नपरोस् भनेर शल्यकक्ष थप गर्नुको साथै अप्रेसनको समय अवधि समेत विस्तार गरिएको उनले बताए ।  


भरतपुर अस्पताल
भरतपुर अस्पताल फार्मेसी । तस्बिर : जय पाठक (जेपी)


अस्पतालको सरसफाइ, भवन निर्माण, कर्मचारी व्यवस्थापन, अस्पतालको सुन्दरता, बिरामी परीक्षण समयको विस्तार, सेवा सुविधा थपगर्ने, बिमाका बिरामीलाई धेरै भन्दा धेरै औषधि दिने, अन्य बिरामीलाई सहज रूपमा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने लगायत अस्पतालको चौतर्फी विकास आफ्नो प्राथमिकतामा रहेको मेसु प्रा.डा.पौडेलले बताए ।


अस्पतालको ४६ औँ मेसु

विसं २०७८ भदौ १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको ४६ औँ मेसुमा प्रा.डा. पौडेललाई नियुक्त गरेको थियो । उनले १७ महिना मेसुको रूपमा आफ्नो जिम्मेवारी निभाइसकेका छन् । उनी यसअघि सोही अस्पतालको ३८ औँ मेसु बनिसकेका थिए । उनी विसं २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म मेसु बनेका थिए । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । 


सामाजिक सेवा एकाइ
अस्पतालको सामाजिक सेवा इकाई। तस्बिर : जय पाठक (जेपी)

उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् । जसलेगर्दा सर्वसाधारणले उनी नियुक्ति भएपछि अब अस्पतालको चौतर्फी विकासको आशा समेत व्यक्त गरेका थिए । उनी नेपाल चिकित्सकसंघ चितवनका पूर्वअध्यक्ष समेत हुन् ।

यो पनि हेरौं :

भरतपुर अस्पतालमा एक वर्षमा ७ मेसु परिवर्तन, तीन महिनापछि प्रा.डा. पौडेललाई जिम्मा


भरतपुर अस्पताललाई देशकै नमूना अस्पताल बनाउँछु : मेसु डा. पौडेल


भरतपुर अस्पतालको ओपीडी समय बढ्यो


भरतपुर अस्पतालमा जनरल ओपिडी सेवा सुरु


अध्यक्ष र मेसुको पहलमा भरतपुर अस्पतालमा निरन्तर सरसफाइ अभियान


भरतपुर अस्पतालमा बिरामीको चाप बढ्योः भोलिबाट ओपिडी टिकट बिहान ७ बजेदेखिनै खुल्ने


भरतपुर अस्पताल : ‘सीमित कर्मचारी–असीमित बिरामी’, भीड व्यवस्थापनमा हम्मे–हम्मे


भरतपुर अस्पतालको सेवा विस्तार, छुट्टै अतिविशिष्टिकृत क्लिनिक सञ्चालनमा


भरतपुर अस्पतालमा छुट्टै निःशुल्क औषधी वितरण कक्ष सञ्चालनमा


भरतपुर अस्पतालमा सधैजसो बिरामीको भीड, सेवालाई छिटो-छरितो बनाउने प्रयास


भरतपुर अस्पतालको ओपीडी टिकट अब सबैजनाले घरबाटै काट्न सक्ने, घण्टौं लाईन बस्नु नपर्ने


भरतपुर अस्पतालमा सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क 


  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

Wednesday, November 9, 2022

भरतपुर अस्पतालमा छुट्टै निःशुल्क औषधी वितरण कक्ष सञ्चालनमा


चितवन । चितवनस्थित भरतपुर अस्पतालले छुट्टै निःशुल्क औषधी वितरण कक्ष सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा आउने अति गरिब, विपन्न तथा सिमान्तकृत सेवाग्राहीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच हुनेछ भन्ने कुरालाई मनन गरी यो निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । जहाँ सरकारी र अन्य स्रोतबाट प्राप्त हुने औषधी गरिब बिरामीले प्राप्त गर्न सक्ने उनले बताए । 


यसरी छुट्टै सेवा प्रदान गर्दा सबैलाई प्रष्ट र‌ सहज हुने उनको विश्वास छ । सो सेवाको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गत बिहीवार रिवन काटेर उद्घाटन गरिएका थिए । हाल ७० भन्दाबढी थरीका औषधी उपलब्ध छन् । यो सँख्यालाई बढाउँदै लैजाने मेसु डा. पौडेलले प्रतिबद्धता व्यक्त गरे ।



अति गरिब, वेवारिसे, विपन्न तथा सिमान्तकृत समुदायलाई अस्पतालको आकस्मिक कक्षमा समेत टिकट र उपचार यसअघि नै निःशुल्क हुँदै आएको छ । अस्पतालका मेसु डा. पौडेलले स्वास्थ्यमा सबैको पहुँच पुर्याउने उद्देश्यले सबै बिरामीलाई ओपिडी टिकट समेत निःशुल्क गरिदैं आएको बताए । यो निर्णयले सेवा छिटो-छरितो समेत भएको उनले जनाए । पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन समेत लामो समयलाग्ने गरेकोमा त्यो झन्झट समेत हटेको उनले बताए । 


अहिले अनलाईन टिकट लिने सेवाग्राही समेत बढ्दै गएको उनले जानकारी दिए । यसले अनलाईन टिकट दिने अस्पतालको कदम समेत प्रभावकारी बन्दै गएको विश्वास व्यक्त गरे । अस्पतालले गत बिहीवार नै आकस्मिक भवनको समेत उद्घाटन गरिएको थियो । एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त रूपमा भवनको उद्घाटन गरेका थिए ।


  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

Tuesday, November 8, 2022

नेपाल रेडियोलोजिकल सोसाईटी बागमतीको अध्यक्षमा अमृत काफ्ले


चितवन । नेपाल रेडियोलोजिकल सोसाईटी बागमतीको प्रथम अधिवेशन सम्पन्न भएको छ । भरतपुरमा मंगलवार भएको अधिवेशनले अमृत काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रुपेश सिलवाल, स्वेच्छा जोशी, रोशन पटेल, महासचिवमा चिरञ्जीवि पन्थी, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा केशव देवकोटा र सहकोषाध्यक्षमा भोगेन्द्र साह रहेका छन् ।

समितिको सदस्यहरुमा मातृका धिताल, निरजकुमार यादव, राकेशकुमार सिंह, चन्द्रप्रकाश अधिकारी, सुदिप ठाकुर, सुजन श्रेष्ठ र ज्ञानु भण्डारी रहेका छन् ।




अधिवेशनले डा. रमेश घिमिरे, डा. प्रदेश घिमिरे, सञ्जय साह, अशोक साह, जयनारायण झा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । विश्व रेडियोग्राफी दिवसको अवसरमा नेपाल रेडियोलोजिकल सोसाईटी बागमतीको प्रथम अधिवेशन भरतपुरमा सम्पन्न भएको हो ।

 

  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution ) 

Monday, September 26, 2022

लिटिल एन्जल्स कलेजले विभिन्न कार्यक्रम गरी मनायो ‘विश्व फर्मासिष्ट दिवस’


ललितपुर, १० असोज । ललितपुरको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स कलेजले सेप्टेम्बर २५ अर्थात् बाह्रौं ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरपारी विभिन्न कार्यक्रम गरेको छ । कलेजमा अध्ययनरत् विद्यार्थी र शिक्षकले आइतवार विभिन्न जनचेतना मुलक सन्देश र फार्मेसी पेशाको महत्त्व झल्काउने ब्यानर सहित प्रभातफेरी निकालेका थिए ।



‘विश्व फर्मासिष्ट दिवस’ कै अवसर पारी औषधिजन्य वनस्पति वृक्षरोपण समेत गरिएको फर्मासिस्ट निर्मल राज मरासिनीले जानकारी दिए ।  वातावरण संरक्षण, सुन्दरता र स्वच्छ वातावरणको लागि वृक्षरोपण अपरिहार्य रहने उनले बताए । बोटबिरूवा हुर्काउन सके मात्रैमानव जातिलाई जीवन यापना गर्न सहज हुने भएकोले यस्तो कार्यक्रम गरिएको उनको भनाइ थियो । खाली ठाउँमा वृक्षरोपणका साथै बोटबिरुवाको संरक्षण गर्न सकेमा प्राकृतिक सन्तुलनसँगै वातावरण सुन्दरता समेत बढ्ने उनले बताए ।



त्यसैगरी, अहिले देशभर फैलिएको डेङ्गु, कोरोना, स्क्रब टाइफस जस्ता संक्रामक रोग तथा त्यसबाट बच्ने उपाए बारे समेत जनचेतना दिएको थियो । स्क्रब टाइफस छुचुन्द्रो, मुसा लगायतमा पाइने ‘माइट’ भनिने किर्नाले टोक्दा मानिसमा सर्छ । यो किर्ना विशेषगरी चौर, झारपात, पुरानोकाठ, घास आदिमा पाइन्छ । त्यस्तै डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । खासगरी स्त्रीजातिका एडिज लामखुट्टे कोटोकाइबाट यो रोग मानिसमा सर्ने गर्छ । डेङ्गु भएकालाई टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । त्यस्ता किर्ना रलामखुट्टेको टोकाइबाट बच्नु नै यी संक्रमणबाट जोगिने उत्तम उपाय रहेको परामर्श दिइएको थियो । कार्यक्रममा मानिसको उचाइ अनुसार मोटोपन ठीक छ वा छैन भनी बडी मास इन्डेक्स समेत परीक्षण गरिएको थियो ।



“एन्टिबायोटिक्स रेसिस्ट्रेण्ड (एन्टिबायोटिक्स काम गर्न छाड्दै जाने) र औषधी दुरूपयोग” विषयमा विद्यार्थीले जनचेतना मुलक नाटकसमेत प्रदर्शन गरेका थिए । अनावश्यक रूपमा एन्टिबायोटिक्सको प्रयोग गर्नु, औषधी पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नु जस्ता विभिन्न कारणले गर्दा दिन–प्रतिदिन औषधीले काम गर्न छाड्ने नेपाल लगायत विश्वकै प्रमुख समस्या बनिरहेको छ । बच्चा जन्मेदेखि नैहाइ–डोजको एन्टिबायोटिक्स प्रयोग गर्ने एउटा संस्कार नै बनिसकेको छ । “मेरो बच्चालाई एन्टिबायोटिक्स नचलाई सञ्चै हुँदैन त्यहिदिनोस् ।” प्रत्येक आमा–बाबुको मुखबाट सुन्न सकिन्छ । त्यसले भविष्यमा आफ्नो बच्चालाई कस्तो असर गर्ला ? आमा–बाबुलाई केथाहा, त्यहाँ उनीहरूमा जानकारीको अभाव छ । 
औषधीको विवेकपूर्ण प्रयोगलाई ख्यालै नगरी औषधीको अन्धा–धुन्ध प्रयोग गर्दै जाने हो भने औषधीले बिस्तारै काम गर्न छाड्दै जाने रनयाँ प्रभावकारी औषधी बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय सङ्कटकाल नआउला भन्न सकिँदैन । त्यसतर्फ फर्मासिष्ट, चिकित्सक, अन्य स्वास्थ्यकर्मी उपभोक्ता र सबैजना सचेत बन्नु आवश्यक छ ।



अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिस्ट दिवसको अवसर पारी यस वर्ष ‘विश्व स्वास्थ्य लागि फार्मेसी एकता’ भन्ने नाराकोसाथ फर्मासिस्टहरुले देशभर एक आपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रमगरी यो दिवस मनाएका छन् ।

  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )


Sunday, September 25, 2022

चितवनमा सप्ताहव्यापी कार्यक्रम गरी भव्य रुपमा मनाइयो ‘विश्व फर्मासिस्ट दिवस’ (फोटो फिचर)


चितवन, ९ असोज । आज सेप्टेम्बर २५ अर्थात् बाह्रौं ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरपारी चितवनमा विभिन्न नारा सहितको प्रभातफेरी कार्यक्रम गरिएको छ। नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा आइतबार भरतपुरमा सो प्रभातफेरी निकालिएको हो ।


प्रभातफेरीमा उनीहरूले जहाँ औषधि– त्यहाँ फर्मासिस्ट, ह्यापि फर्मासिष्ट डे, लोक सेवामा फार्मेसीको कोटा सुनिश्चित गर, गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो चाहना, कोरोना महामारीबाट बच्न माक्सको अनिवार्य प्रयोग गरौं, सबै फर्मासिस्टहरू एकजुट बनौं, ‘फार्मेसी: सधैं तपाईंको स्वास्थ्यको लागि विश्वसनीय’, फर्मासिस्ट औषधि पसले होइनन् औषधि विज्ञ हुन्, औषधि अनुसन्धान गर्ने तथा बनाउने व्यक्ति हुन फर्मासिस्ट लगायतका विभिन्न सन्देश मुलक तथा मागसहितका प्ले कार्ड बोकेका थिए।



वीरेन्द्र क्याम्पस गेटबाट शुरु भई चौबीसकोठी, अस्पतालरोड, पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल हुँदै जेष्ठ नागरिक चोकमा आएर सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट (फार्मेसी सहायक) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो ।



भरतपुर–१० स्थित वीरेन्द्र क्याम्पस गेटबाट निस्किएको सो प्रभातफेरी चितवन मेडिकल कलेज, चौबीसकोठी, हस्पिटल रोड, भरतपुर अस्पताल हुँदै जेष्ठ नागरिक चोकमा आएर सम्पन्न भएको थियो । ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरपारी चितवनमा सप्ताहव्यापी कार्यक्रम गरिएको छ । नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा सो कार्यक्रम गरिएको हो । 



सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन गत शनिवार जिल्लास्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको कार्यक्रम संयोजक सुशील सिक्देलले जानकारी दिए ।





उनका अनुसार ‘वर्तमान अवस्थामा स्थानीय तहमा फार्मेसी पेशाका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । संघका अध्यक्ष विनोद पन्तको सभापतित्त्वमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य संयोजक एव वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल, सिएमए संघका अध्यक्ष रामजी घिमिरे, पिनका जिल्ला अध्यक्ष प्रकाश सुवेदी, संघका अध्यक्ष विनोद पन्त, कार्यक्रमका प्रमुख अतिथि चित्रसेन अधिकारी लगायतले बोलेका थिए । 



बोल्ने वक्ताहरूले फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो रहेको बताएका थिए । सबैभन्दा पहिला आफू दक्ष फर्मासिष्ट बनेर स्थापित हुन समेत अनुरोध गरेका थिए । उनीहरूले वर्तमान अवस्थामा फार्मेसी पेशाका अवसर र चुनौती बारे समेत आफ्नो धारण राखेका थिए । 

नयाँ औषधि पत्तालगाउने, औषधि बनाउने, त्यसको गुणस्तर निर्धारण गर्ने, गुणस्तर चेकजाँच गर्ने, बिरामीको पुर्जामा भएका त्रुटिहरुलाई सच्याउने, औषधि तथा रोगको बारेमा बिरामीलाई उचित परामर्श दिने, अन्य स्वास्थ्यकर्मीहरुलाई औषधिको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने लगायत बिरामीको हरेक स्वास्थ्य समस्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साथ दिने जस्ता क्षेत्रहरुमा फर्मासिस्टको महत्वपूर्ण भूमिका रहन्छ । फार्मेसी सन्चालन गर्ने अधिकार फार्मेसी पढेका लाईसेन्स प्राप्त फार्मेसी जनशक्तिलाई मात्र छ । लाइसेन्स भाडामा दिएर आफ्नो व्यवसाय र जनस्वास्थ्यमा असर पर्ने गतिविधी नगर्न समेत उनीहरूले सबैमा अनुरोध गरेका छन् । उनीहरूले फार्मेसी क्षेत्रको विकासको निम्ती सबैलाई एकजुट भई हातेमालो गरेर अघि बढ्न समेत अनुरोध गरेका छन् । 



संघका सचिव विनय सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै  स्थानीय तहलाई फार्मेसी अनुगमनको अधिकार रहेको भन्दै पालिकाहरुमा फर्मासिष्टको दरबन्दी सिर्जना गर्न तथा उनीहरु मार्फत् यस क्षेत्रको अनुगमन गर्न समेत अनुरोध गरे । 



कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट (फार्मेसी सहायक) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, स्थानीय जनप्रतिनिधी, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो । 






संघले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधीसँग भेला एवम् अन्तरक्रिया कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, पुण्यदान, विभिन्न जनचेतना मुलक कार्यक्रम, सीप मुलक तालिम र प्रभातफेरी लगायतका कार्यक्रम गरिको छ । नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको निम्ति निर्माण भएको साझा संस्था हो । 





अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिस्ट दिवसको अवसर पारी यस वर्ष ‘विश्व स्वास्थ्य लागि फार्मेसी एकता’ भन्ने नाराको साथ फर्मासिस्टहरुले चितवनलगायत देशभर एक आपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रमगरी यो दिवस मनाएका छन् ।

यसअघि संघले चितवनमा गुड फार्मेसी प्राक्टिस् ‘जिपीपी’ अर्थात् ‘असल फार्मेसी अभ्यास’ सम्बन्धी एकदिने कार्यशाला  गरेको थियो । कार्यक्रमका फार्मेसीमा असल अभ्यास कसरी गर्ने । बिरामीको उपचारमा फर्मासिष्टको कस्तो भूमिका रहन्छ ? असल फार्मेसी अभ्यासका उदाहरण, त्यसका फाइदाहरू, औषधि सम्बन्धी परामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरू । अस्पताल र सामुदायिक फार्मेसीमा फर्मासिष्टको कस्तो भूमिका रहन्छ ? कोरोना महामारी तथा अन्य सरूवा रोग नियन्त्रणमा फार्मेसी जनशक्तिले खेल्नुपर्ने भूमिका लगायतका विषयमा वरिष्ठ फर्मासिष्ट द्वय सफीउर रहमान अन्सारी र फर्मासिष्ट रमेश पौडेलले सहजीकरण गरेका थियो ।

  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

Sunday, September 18, 2022

विश्व फर्मासिष्ट दिवसको अवसरमा फार्मेसी संघले चितवनमा सप्ताहव्यापी कार्यक्रम गर्ने


चितवन । सेप्टेम्बर २५ अर्थात् बाह्रौं ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरपारी चितवनमा सप्ताहव्यापी कार्यक्रम हने भएको छ । नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा सो कार्यक्रम हुन लागेको संघका अध्यक्ष विनोद पन्तले जानकारी दिए । 

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार जिल्लास्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको कार्यक्रम संयोजक सुशील सिक्देलले जानकारी दिए ।


उनका अनुसार ‘वर्तमान अवस्थामा स्थानीय तहमा फार्मेसी पेशाका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । संघका अध्यक्ष विनोद पन्तको सभापतित्त्वमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य संयोजक एव वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल, सिएमए संघका अध्यक्ष रामजी घिमिरे, पिनका जिल्ला अध्यक्ष प्रकाश सुवेदी, संघका अध्यक्ष विनोद पन्त, कार्यक्रमका प्रमुख अतिथि चित्रसेन अधिकारी लगायतले बोलेका थिए । 

फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो-

बोल्ने वक्ताहरूले फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो रहेको बताएका थिए । सबैभन्दा पहिला आफू दक्ष फर्मासिष्ट बनेर स्थापित हुन समेत अनुरोध गरेका थिए । उनीहरूले वर्तमान अवस्थामा फार्मेसी पेशाका अवसर र चुनौती बारे समेत आफ्नो धारण राखेका थिए । 



नयाँ औषधि पत्तालगाउने, औषधि बनाउने, त्यसको गुणस्तर निर्धारण गर्ने, गुणस्तर चेकजाँच गर्ने, बिरामीको पुर्जामा भएका त्रुटिहरुलाई सच्याउने, औषधि तथा रोगको बारेमा बिरामीलाई उचित परामर्श दिने, अन्य स्वास्थ्यकर्मीहरुलाई औषधिको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने लगायत बिरामीको हरेक स्वास्थ्य समस्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साथ दिने जस्ता क्षेत्रहरुमा फर्मासिस्टको महत्वपूर्ण भूमिका रहन्छ । फार्मेसी सन्चालन गर्ने अधिकार फार्मेसी पढेका लाईसेन्स प्राप्त फार्मेसी जनशक्तिलाई मात्र छ । लाइसेन्स भाडामा दिएर आफ्नो व्यवसाय र जनस्वास्थ्यमा असर पर्ने गतिविधी नगर्न समेत उनीहरूले सबैमा अनुरोध गरेका छन् । उनीहरूले फार्मेसी क्षेत्रको विकासको निम्ती सबैलाई एकजुट भई हातेमालो गरेर अघि बढ्न समेत अनुरोध गरेका छन् । 


संघका सचिव विनय सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै  स्थानीय तहलाई फार्मेसी अनुगमनको अधिकार रहेको भन्दै पालिकाहरुमा फर्मासिष्टको दरबन्दी सिर्जना गर्न तथा उनीहरु मार्फत् यस क्षेत्रको अनुगमन गर्न समेत अनुरोध गरे । 

कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट (फार्मेसी सहायक) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, स्थानीय जनप्रतिनिधी, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो । 

सप्ताहव्यापी कार्यक्रम यस्ता छन्-

संघले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधीसँग भेला एवम् अन्तरक्रिया कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, पुण्यदान, विभिन्न जनचेतना मुलक कार्यक्रम, विद्यार्थीलाई सीप मुलक तालिम र प्रभातफेरी लगायतका छन् ।

के छ यस वर्षको नारा ?

नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको निम्ति निर्माण भएको साझा संस्था हो । अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिस्ट दिवसको अवसर पारी यस वर्ष ‘विश्व स्वास्थ्य लागि फार्मेसी एकता’ भन्ने नाराको साथ फर्मासिस्टहरुले चितवन लगायत देशभर एक आपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रमगरी यो दिवस मनाउँदै छन् ।

यसअघि-

  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

Monday, August 29, 2022

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्न किन चुनौतीपूर्ण ?


-स्नेहा कर्ण
सरकारले गत वर्ष साउनको तेस्रो साता नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने निर्णय गर्यो । साउन २४ गते आएको सरकारको संयुक्त न्यूनतम साझा कार्यक्रममा समेत नेपालमै कोरोनाविरुद्धको खोप उत्पादनका लागि प्रयोगशाला स्थापना गर्ने उल्लेख गरेर खोप उत्पादनको प्रक्रिया अगाडि बढायो । तर, वर्ष दिन बितिसक्दा पनि खोप उत्पादन प्रक्रियाले गति लिन सकेको छैन ।


सरकारले नेपालमै मानिसमा प्रयोग हुने खोप उत्पादनको निर्णय गरेपछि सबै क्षेत्र उत्साहित पनि बन्यो । तर, त्यो उत्साह निराशामा परिणत हुन समय लागेन । कारण, नेपाल जहाँ हालसम्म मानिसमा प्रयोग हुने कुनै खोप नै उत्पादन हुन सकेको छैन त्यहाँ कोरोनाविरुद्धको खोप उत्पादनले कसरी गति लेला ।

नेपालमा पहिलो खोप १९६१ सालमा बनेको थियो । जनावरमा प्रयोग हुने १३ किसिमको खोप अहिले पनि बन्ने गरेको छ । नेपालमा हालसम्म ८० वटा औषधि उत्पादन गर्ने उद्योगहरु छन् । तर, मानिसमा प्रयोग हुने कुनैपनि खोप कसैले पनि उत्पादन गरेका छैनन । कोरोनाविरुद्धको खोप उत्पादन गर्न सहज नभएको स्वयं सरकारले नै पनि स्वीकार्छ ।


नेपालमा कोरोनाविरुद्धको खोप उत्पादनका लागि काम सुरु नभएको भने होइन । सरकारले विश्व स्वास्थ्य सङ्गठन लगायतको प्राविधिक विज्ञसँगको छलफल र सहयोगमा कोरोनाविरुद्धको खोप उत्पादनका लागि प्रक्रिया सुरु गरेपनि प्राविधिक त्रुटीका कारण सफल हुन नसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बताउँछ ।

नेपालमा हालसम्म १ सय ९ वटा औषधि उद्योगहरू दर्ता भएका छन् । तर, कसैले पनि मानिसमा प्रयोग गर्न सक्ने खोप उत्पादन गर्न सकेको छैन वा भनौ गर्न सक्ने आँट गरेका छैनन् । कारण, मानिसमा प्रयोग हुने खोप उत्पादन सोचे र भने जतिको सहज छैन ।


कोरोना महामारी सुरु भएदेखि नै कोरोनाविरुद्धको खोप विकासको बहस सुरु हुन थाल्यो । हुँदाहुँदै रुस, अमेरिका, बेलायत, चीन लगायतका मुलुकले खोप उत्पादन नै सुरु गरेर मानिसहरूलाई लगाउन थालियो । र, यतिबेला त्यो खोप ५ वर्ष मुनिका बाहेक सबैलाई लगाइँदैछ ।

अन्य मुलुकमा बन्न सक्ने कोरोनाविरुद्धको खोप नेपालमै बन्न सक्ने सम्भावना भने नभएको होइन । तर, प्राथमिकतामा नपरेको डा. भगवान कोइरालाको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन सम्भव छ । त्यसका लागि सरकारले प्राथमिकतामा राखेर क्षेत्र निर्धारण गर्नुपर्छ । अध्ययन अनुसन्धानका लागि छुट्टै टिम बनाएर काम गर्ने हो भने खोप उत्पादन हुन सक्छ ।’

२०७७ को माघ १४ गतेबाट सुरु भएको खोप अभियान अन्तर्गत हालसम्म नेपालका ७५ प्रतिशत नागरिकले एक मात्रा र ७३ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । तर, अझै नेपालको लक्षित जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । बाँकी रहेका जनसङ््ख्याका लागि भएपनि कोरोनाविरुद्धको खोप उत्पादन गर्न सक्नु राम्रै पक्ष हुनेछ । तर, त्यसका लागि पहल हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमै कोरोनाविरुद्धको खोप उत्पादनका लागि अध्ययन अनुसन्धान भइरहेको छ भने कसरी खोप उत्पादन गर्ने, जिम्मा कसलाई दिने लगायतका विषयमा पनि छलफल भइरहेको छ ।

त्यतिमात्रै होइन औषधि उत्पादक सङ्घ पनि खोप उत्पादनका लागि तयार छ । तर, सरकारले चासो नदिएका कारण खासै सक्रियता देखाएको छैन । सङ्घका महासचिव विपलब अधिकारीले नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन सम्भव भएपनि अझै नेपाल बायोलोजिकल प्रोडक्टका लागि तयार नभएकाले चुनौती रहेको बताए ।

उनले सरकारले नै खोप उत्पादनका लागि प्राथमिकता दिने हो भने हामी हातेमालो गरेर अघि बढ्न सक्ने बताए ।

उनले भने, ‘नेपालमै कोरोनाविरुद्धको खोप उत्पादन गर्ने सम्भावना छ । तर, एक वर्ष घोषणा भएको भएपनि कुनै प्रगति देखिएको छैन । बाहिरबाट अनुदान आइ नै हाल्छ । लगाइ नै हालिन्छ । किन झन्झट गर्ने भनेर सोच्दा नेपालमा कोरोनाविरुद्धको मात्रै होइन कुनैपनि मानिसमा प्रयोग हुने खोप उत्पादन गर्न सकिएको छैन ।’

खोप उत्पादनका लागि खोप उत्पादककर्ता मुलुकसँग आधिकारिकता लिएर अन्य मुलुकले खोप उत्पादन गर्न सक्छ । नेपालमै खोप उत्पादन सम्भव रहेको विज्ञहरू बताउँछन् । तर, त्यसको अध्ययन र तयारी सरकार, औषधि उत्पादक कम्पनी कसैले पनि गरेको देखिँदैन । 

मानिसमा प्रयोग हुने खोप बनाउन किन चुनौती ?
कोरोना महामारी सुरु भएको अबको ४ महिना पछि ३ वर्ष पूरा हुनेछ । यो अवधिमा कोरोना महामारीको विभिन्न मुलुकमा गर्दै विभिन्न लहरहरू फैलिसकेका छन् भने ६५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । जबकी ६० करोडभन्दा बढी सङ्क्रमित भइसकेका छन् । हालसम्म यस रोगको कुनैपनि ठोस उपचार पद्धति तथा औषधि पत्ता लाग्न सकेको छैन । तर, विश्वका वैज्ञानिकहरूले गरेको अध्ययन, अनुसन्धान र मिहिनेतले कोरोनाविरुद्ध लड्नका लागि खोपको विकास भने गरिसकेको छ ।


हालसम्म फाइजर, एस्ट्राजेनेका, जोनसन एण्ड जोनसोन, मोडर्ना, स्पुतनिक भी, भेरोसेल, सिनोभ्याक लगायतका कोरोनाविरुद्धको खोप प्रयोगमा छन् । तर, ती खोप सहजै भने बनेको होइन । सन् २०२० को अगस्टमा रुसले आफूले कोरोनाविरुद्धको खोप बनाएको दावी गर्दै गर्दा अन्य मुलुकले त्यो खोपलाई मान्यता नदिने भनेर भन्यो । पछि फाइजर, मोडर्ना, जोनसोन एण्ड जोनसोन, भेरोसेल लगायतका खोप पनि विकास भए र त्यो प्रयोगमा आए । मानिसमा प्रयोग हुने भएकाले खोपको विभिन्न चरणमा परीक्षण गर्ने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुनैपनि खोप सामान्यतया चार चरणमा विकास हुन्छ । ती हुन्ः

पहिलो चरणः यस चरणमा खोप कतिको सुरक्षित छ भन्ने कुराको सुनिश्चितता गरिन्छ । जसमा कम्तिमा पनि २० देखि एक सय स्वस्थ स्वयंसेवीलाई सहभागी गराउनु पर्ने हुन्छ । त्यसपछि खोप लगाइएको मानिसमा कुनै किसिमको गम्भीर साइड इफेक्ट–नकारात्मक प्रभाव) भए नभएको विषयमा पनि अध्ययन गरिन्छ । त्यसपछि खोपको कति मात्रा दिँदा साइड इफेक्ट भइरहेको छ भन्ने विषयमा पनि अवलोकन गरिन्छ ।

दोस्रो चरणः यस चरणमा एक सय भन्दाबढी स्वयंसेवीलाई सहभागि गराइन्छ । जसमा स्वयंसेवीमा मिल्दोजुल्दो र छोटो समयका लागि कस्ता साइड इफेक्ट देखिन्छ भन्ने विषयमा अध्ययन गरिन्छ । त्यस्तै स्वयंसेवीको रोग प्रतिरोधात्मक क्षमताले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने विषयमा पनि हेरिन्छ ।

तेस्रो चरणः यस चरणमा एक सयदेखि एक हजारसम्म वा त्यो भन्दा बढी स्वयंसेवीलाई सहभागि गराउन सकिन्छ । जसमा दुई समूह छुट्याई एक समूहलाई खोप दिइन्छ भने एक समूहलाई खोप दिइँदैन । त्यसपछि खोप लगाइएकाहरुको तुलना खोप नलगाएकाहरुसँग गरिन्छ । जसमा खोप लगाएकाहरु र नलगाएकाहरुमा के कस्तो परीवर्तन भयो भन्ने विषयमा अवलोकन गरिन्छ । त्यसपछि यो खोप कतिको सुरक्षित छ भन्ने विषयमा अवलोकन गर्नुका साथै खोप कतिको प्रभावकारी छ भन्ने विषयमा पनि हेरिन्छ र खोपको कुनै किसिमको साइड इफेक्ट भयो वा भएन भन्ने विषयमा पनि सुनिश्चित गरिन्छ । साथै यसमा उमेर समूह कुन कुन हो भनेर पनि देखिन्छ र कुनैपनि उमेर समूहमा त्यसले प्रभावकारी काम गरेन भने त्यसलाई तुरुन्त बन्द गर्नुपर्ने हुन्छ ।

चौथो चरणः खोपको तेस्रो चरणले राम्रो नतिजा दिएपछि त्यसको चौथो चरणमा अनुमतिका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । (उदाहरणका लागिः यदि अमेरिकाले कुनैपनि खोप विकास गरेको छ र त्यसले तीनवटै चरण सफलतापूर्वक पार गरिसकेको छ भने त्यसलाई चौथो चरणमा त्यहाँको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले अनुमति दिन्छ । कि खोपले मानिसमा राम्रोसँग काम गरिरहेको छ ।) त्यस्तै जुन मुलुकले खोप विकास गरेपनि उसको खोपलाई मान्यता त्यहीको सम्बन्धीत निकायले दिनुपर्ने हुन्छ । यसमा खोपको छोटो तथा लामो समयका लागि हुने गरेको साइड इफेक्टको बारेमा पनि अध्ययन गरिन्छ । यस चरणमा खोपको सबै प्रक्रिया सफलतापूर्वक सम्पन्न भइसकेपछि त्यसलाई मान्यता दिएर नागरिकको उपयोगका लागि उत्पादन गरेर बजारमा ल्याइन्छ ।

कुनैपनि मुलुकले खोप बनाइसकेपछि त्यसको विश्व व्यापीकरण विश्व स्वास्थ्य सङ्गठनले गर्छ भने दोस्रोमा विश्वका अधिकांश मुलुकले अनुमति दिएको अमेरिकाको फुड एण्ड एडमिनिस्ट्रेशनले मान्यता दिएपछि त्यो खोप वा औषधि प्रयोगमा ल्याउन सक्छन् । तर, अहिलेको अवस्थामा रुसले विकास गरेको खोप यदि अमेरिकासहितका अन्य मुलुकले आफ्नो देशमा माग गर्यो भने त्यसका लागि यस खोपको विषयमा एफडिएले भने मान्यता दिनुपर्ने हुन्छ ।


यी सब चरण पार गर्नका लागि नेपालमा चाहिने आवश्यक जनशक्ति, बजेट, पूर्वाधार लगायतका अभाव छन् । यति धेरै चरण पार गर्नुपर्ने, मापदण्ड सबै पूरा गर्नुपर्ने, थोर बहुत तलमाथि हुँदा मानिसको ज्यान नै जाने भएकाले नेपालमा खोप तत्कालै उत्पान भइहाल्ने अवस्था भने छैन । यसका लागि चाहिने आवश्यक तयारी, अध्ययन, अनुसन्धान र लगानी नभएसम्म नेपालमा कोरोनाविरुद्धको खोप मात्रै होइन कुनैपनि मानिसमा प्रयोग हुने खोप उत्पादनका लागि वर्षौ लाग्ने निश्चित छ । यी सबकाबीच राजनीतिक स्वार्थ जोडिँदा पनि समस्या कायमै छ ।
  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन