चितवन, ९ असोज । आज सेप्टेम्बर २५ अर्थात् बाह्रौं ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरपारी चितवनमा विभिन्न नारा सहितको प्रभातफेरी कार्यक्रम गरिएको छ। नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा आइतबार भरतपुरमा सो प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरीमा उनीहरूले जहाँ औषधि– त्यहाँ फर्मासिस्ट, ह्यापि फर्मासिष्ट डे, लोक सेवामा फार्मेसीको कोटा सुनिश्चित गर, गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो चाहना, कोरोना महामारीबाट बच्न माक्सको अनिवार्य प्रयोग गरौं, सबै फर्मासिस्टहरू एकजुट बनौं, ‘फार्मेसी: सधैं तपाईंको स्वास्थ्यको लागि विश्वसनीय’, फर्मासिस्ट औषधि पसले होइनन् औषधि विज्ञ हुन्, औषधि अनुसन्धान गर्ने तथा बनाउने व्यक्ति हुन फर्मासिस्ट लगायतका विभिन्न सन्देश मुलक तथा मागसहितका प्ले कार्ड बोकेका थिए।
वीरेन्द्र क्याम्पस गेटबाट शुरु भई चौबीसकोठी, अस्पतालरोड, पुरानो मेडिकल कलेज, भरतपुर अस्पताल हुँदै जेष्ठ नागरिक चोकमा आएर सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट (फार्मेसी सहायक) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो ।
भरतपुर–१० स्थित वीरेन्द्र क्याम्पस गेटबाट निस्किएको सो प्रभातफेरी चितवन मेडिकल कलेज, चौबीसकोठी, हस्पिटल रोड, भरतपुर अस्पताल हुँदै जेष्ठ नागरिक चोकमा आएर सम्पन्न भएको थियो । ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरपारी चितवनमा सप्ताहव्यापी कार्यक्रम गरिएको छ । नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन गत शनिवार जिल्लास्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको कार्यक्रम संयोजक सुशील सिक्देलले जानकारी दिए ।
उनका अनुसार ‘वर्तमान अवस्थामा स्थानीय तहमा फार्मेसी पेशाका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । संघका अध्यक्ष विनोद पन्तको सभापतित्त्वमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य संयोजक एव वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल, सिएमए संघका अध्यक्ष रामजी घिमिरे, पिनका जिल्ला अध्यक्ष प्रकाश सुवेदी, संघका अध्यक्ष विनोद पन्त, कार्यक्रमका प्रमुख अतिथि चित्रसेन अधिकारी लगायतले बोलेका थिए ।
बोल्ने वक्ताहरूले फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो रहेको बताएका थिए । सबैभन्दा पहिला आफू दक्ष फर्मासिष्ट बनेर स्थापित हुन समेत अनुरोध गरेका थिए । उनीहरूले वर्तमान अवस्थामा फार्मेसी पेशाका अवसर र चुनौती बारे समेत आफ्नो धारण राखेका थिए ।
नयाँ औषधि पत्तालगाउने, औषधि बनाउने, त्यसको गुणस्तर निर्धारण गर्ने, गुणस्तर चेकजाँच गर्ने, बिरामीको पुर्जामा भएका त्रुटिहरुलाई सच्याउने, औषधि तथा रोगको बारेमा बिरामीलाई उचित परामर्श दिने, अन्य स्वास्थ्यकर्मीहरुलाई औषधिको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने लगायत बिरामीको हरेक स्वास्थ्य समस्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साथ दिने जस्ता क्षेत्रहरुमा फर्मासिस्टको महत्वपूर्ण भूमिका रहन्छ । फार्मेसी सन्चालन गर्ने अधिकार फार्मेसी पढेका लाईसेन्स प्राप्त फार्मेसी जनशक्तिलाई मात्र छ । लाइसेन्स भाडामा दिएर आफ्नो व्यवसाय र जनस्वास्थ्यमा असर पर्ने गतिविधी नगर्न समेत उनीहरूले सबैमा अनुरोध गरेका छन् । उनीहरूले फार्मेसी क्षेत्रको विकासको निम्ती सबैलाई एकजुट भई हातेमालो गरेर अघि बढ्न समेत अनुरोध गरेका छन् ।
संघका सचिव विनय सापकोटाले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तहलाई फार्मेसी अनुगमनको अधिकार रहेको भन्दै पालिकाहरुमा फर्मासिष्टको दरबन्दी सिर्जना गर्न तथा उनीहरु मार्फत् यस क्षेत्रको अनुगमन गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट (फार्मेसी सहायक) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, स्थानीय जनप्रतिनिधी, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो ।
संघले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधीसँग भेला एवम् अन्तरक्रिया कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, पुण्यदान, विभिन्न जनचेतना मुलक कार्यक्रम, सीप मुलक तालिम र प्रभातफेरी लगायतका कार्यक्रम गरिको छ । नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको निम्ति निर्माण भएको साझा संस्था हो ।
अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिस्ट दिवसको अवसर पारी यस वर्ष ‘विश्व स्वास्थ्य लागि फार्मेसी एकता’ भन्ने नाराको साथ फर्मासिस्टहरुले चितवनलगायत देशभर एक आपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रमगरी यो दिवस मनाएका छन् ।
यसअघि संघले चितवनमा गुड फार्मेसी प्राक्टिस् ‘जिपीपी’ अर्थात् ‘असल फार्मेसी अभ्यास’ सम्बन्धी एकदिने कार्यशाला गरेको थियो । कार्यक्रमका फार्मेसीमा असल अभ्यास कसरी गर्ने । बिरामीको उपचारमा फर्मासिष्टको कस्तो भूमिका रहन्छ ? असल फार्मेसी अभ्यासका उदाहरण, त्यसका फाइदाहरू, औषधि सम्बन्धी परामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरू । अस्पताल र सामुदायिक फार्मेसीमा फर्मासिष्टको कस्तो भूमिका रहन्छ ? कोरोना महामारी तथा अन्य सरूवा रोग नियन्त्रणमा फार्मेसी जनशक्तिले खेल्नुपर्ने भूमिका लगायतका विषयमा वरिष्ठ फर्मासिष्ट द्वय सफीउर रहमान अन्सारी र फर्मासिष्ट रमेश पौडेलले सहजीकरण गरेका थियो ।
- हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )
.jpeg)



.jpeg)
%20Add.gif)
.jpeg)




.jpeg)
.jpeg)

.jpeg)
.jpeg)

No comments:
Post a Comment