२०७५ फाल्गुन २५ ( शनिबार ) चितवन / भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. कृष्णप्रसाद पौडेलले पैसा अभावकै कारण कोही पनि उपचारबाट बञ्चित हुनु नपर्ने बताउनु भएको छ । भरतपुर अस्पतालद्वारा पूर्वी चितवनको बकुलहरमा आज आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
डा. पौडेलले भन्नुभयो – “भरतपुर अस्पताल सबैको साझा अस्पताल हो । यदि कोही गरिबीकै कारण पैसाको अभावमा उपचारबाट बञ्चित हुनु भएको छ भने अस्पतालमा आई सम्पर्क गर्नुहोस्, हामी निःशुल्क उपचार गर्नेछौँ । पैसा अभावकै कारण कोही पनि उपचारबाट बञ्चित हुनु पर्दैन । सरकारले समेत कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर विभिन्न नीति ल्याएको छ ।” सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई सहभागी हुन समेत उहाँले आग्रह गर्नुभयो ।
मेसु डा. पौडेलको नेतृत्वमा गएको भरतपुर अस्पतालको चिकित्सक टोलीले १ सय ५७ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधी वितरण गरिएको थियो । शिविरमा मेरुदण्ड, हाडजोर्नी तथा नसारोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुति, दन्तरोग लगायतको सेवाहरू उपलब्ध गराइएको थियो ।
निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको फोटो फिचर :
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )












No comments:
Post a Comment