Pages

▼

Saturday, March 9, 2019

गरिबीकै कारण उपचारबाट कोही बञ्चित हुनु पर्दैन : मेसु डा. पौडेल

–जय पाठक (जे.पी.)
      २०७५  फाल्गुन  २५ ( शनिबार ) चितवन / भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.  कृष्णप्रसाद पौडेलले पैसा अभावकै कारण कोही पनि उपचारबाट बञ्चित हुनु नपर्ने बताउनु भएको छ । भरतपुर अस्पतालद्वारा पूर्वी चितवनको बकुलहरमा आज आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

        डा. पौडेलले भन्नुभयो – “भरतपुर अस्पताल सबैको साझा अस्पताल हो । यदि कोही गरिबीकै कारण पैसाको अभावमा उपचारबाट बञ्चित हुनु भएको छ भने अस्पतालमा आई सम्पर्क गर्नुहोस्, हामी निःशुल्क उपचार गर्नेछौँ । पैसा अभावकै कारण कोही पनि उपचारबाट बञ्चित हुनु पर्दैन । सरकारले समेत कोही पनि उपचारबाट बञ्चित हुन नपरोस् भनेर विभिन्न नीति ल्याएको छ ।” सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रममा सबैलाई सहभागी हुन समेत उहाँले आग्रह गर्नुभयो ।

       मेसु डा. पौडेलको नेतृत्वमा गएको भरतपुर अस्पतालको चिकित्सक टोलीले १ सय ५७ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण एवम् औषधी वितरण गरिएको थियो । शिविरमा मेरुदण्ड, हाडजोर्नी तथा नसारोग, जनरल फिजिसियन, स्त्री तथा प्रसुति, दन्तरोग लगायतको सेवाहरू उपलब्ध गराइएको थियो ।

निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको फोटो फिचर :











         भरतपुर अस्पताल र भानुप्रेरणा पुस्कालयको संयुक्त आयोजनामा भएको सो शिविर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, रत्ननगर–१, बकुलहरमा सञ्चालन भएको हो ।कार्यक्रममा रत्ननगरका नगर प्रमुख नारायण वन,रत्ननगर उधोग   वाणिज्य संधका अध्यक्ष राजाराम रेग्मी , नेकपा नेता रामशरण कुवरलगायतको  उपस्थिति रहेको थियो  ।

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )


No comments:

Post a Comment