-जय पाठक (जे.पी.)
२०७३ फाल्गुन १३ ( शुक्रवार ) भरतपुर / नयाँ गुरुयोजना अनुसार भरतपुर अस्पताल सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । नयाँ भौतिक संरचना थप्ने देखी हाल भएको सेवा सुविधामा सुधार गर्ने, अति विशिष्ट सेवाहरु उपलब्ध गराउने लगायत थुर्पै योजनाहरु रहेको अस्पतालमा मंगलबार आयोजित अन्र्तक्रिया कार्यक्रमा सरोरकारवालाहरुले जानकारी गराएका छन् ।
सरकारबाट तिनसय सैयाँको दर्ता भएपनि अस्पताल विकास समितिको पहलमा हाल छसय सैयाँमा सञ्चालन भइरहेको समितिका अध्यक्ष राजकुमार राज भण्डारीले जानकारी दिनुभयो । “लामो प्रयासपछि मन्त्रालयबाट सो नयाँ गुरुयोजना स्वीकृत भएको छ । वार्षिक तथा पञ्च वर्षिय योजनामा अस्पताको सेवासुविधा, भौतिक संरचना देखि शैक्षिक कार्यक्रम समेत समावेश गरिएको छ” उहाँले बताउनुभयो ।
“भरतपुर अस्पताल सबैको साझा अस्पताल हो, कोहि आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित बन्न नपरोस भनेर गरिब निवारण कोष सञ्चालनमा ल्याइएका छौं । त्यसैबाट उपचार गराउँछौ । त्यसको लागी केही आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ ।” पाठक हेल्थ खबरसँगको विशेष कुराकानीमा समिति अध्यक्ष राज भण्डारीले भन्नुभयो ।
अस्पतालमा हाल भएको विभिन्न गतिविधि तथा नयाँ गुरुयोजनाबारे जानकारी गराउने उद्देश्यले अन्र्तक्रिया कार्यक्रम राखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र प्रसाद मरासिनीले जानकारी दिनुभयो ।
“पहिलो चरणमा हामीले भौतिक संरचनाको गुरुयोजना बनाएका छौं। अहिले हामीसँग उपलब्ध जग्गामा कहाँ–कहाँ, के–के कार्यक्रमको लागी भवन निर्माण गर्ने भन्ने कुरा उल्लेख गरिएको छ ।” उहाँ ले भन्नु भयो– “त्यसबाहेक अस्पतालमा विशिष्ट तथा अतिविशिष्ट सेवा सुविधा लगायत नयाँ–नयाँ शैक्षिक कार्यक्रम ल्याउने कुराहरुको समेत योजना बनेको छ ।”
“पहिलो चरणमा हामीले भौतिक संरचनाको गुरुयोजना बनाएका छौं। अहिले हामीसँग उपलब्ध जग्गामा कहाँ–कहाँ, के–के कार्यक्रमको लागी भवन निर्माण गर्ने भन्ने कुरा उल्लेख गरिएको छ ।” उहाँ ले भन्नु भयो– “त्यसबाहेक अस्पतालमा विशिष्ट तथा अतिविशिष्ट सेवा सुविधा लगायत नयाँ–नयाँ शैक्षिक कार्यक्रम ल्याउने कुराहरुको समेत योजना बनेको छ ।”“हाल अस्पतालमा विशिष्ट एवं केही अतिविशिष्ट सेवाहरु सञ्चालनमा छन । पाँच वर्ष भित्र एक हजार सैयाँको सबैजसो अतिविशिष्ट सेवा सहितको सुविधा सम्पन्न अस्पताल बनाउने विशेष गुरुयोजनाको साथ काम भइरहेको छ ।” अतिविशिष्ट सेवा अन्र्तगत न्युरो सर्जरी, नेफ्रोलोजी, न्युरोलोजी, काडियो थोरासिक सर्जरी, प्लाष्टिक सर्जरी , ग्याष्टिक इन्टेरोलोजी, मेटानिटी भवन छुट्टै बनाउने लगायतका थुपै्र सेवासुविधा पर्ने उहाँले जानकारी दिनुभयो ।
“नयाँ गुरुयोजनामा लामा तथा छोटा योजनाहरु समावेश गरिएको छ । अक्सिजन प्लान्ट, उचित फोहोर व्यवस्थापन प्लान्ट, सिटी स्क्यान सेवा राख्ने लगायतको कुराहरु यो वर्षको योजना भित्र छ ।” उहाँले भन्नु भयो “हाल शैक्षिक कार्यक्रम अन्र्तगत प्रमाणपत्र तह नर्सिङ, विएन् र एम.वि.एम.एस् कार्यक्रम सञ्चालनमा छन् । अब नयाँ–नयाँ शैक्षिक कार्यक्रम समेत थप्दै लैजाने योजना छ ।”
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )



No comments:
Post a Comment