२०७३ फाल्गुन ११ ( बुधवार ) पोखरा / आफ्नै छुट्टै शिक्षण अस्पताल नभएको पोखरा विश्वविद्यालयले स्वास्थ्य विज्ञान संकाय अन्तर्गतका विषयहरुको प्रयोगात्मक अभ्यासका लागि आफ्नै छुट्टै शिक्षण अस्पताल स्थापना गर्ने तयारी गरिको छ।
स्नातक तहमा बि.फार्मेसी, बिएस्सी एमएलटी, बिपिएच र बएसि नर्सिङका कार्यक्रम सञ्चाल गर्दै आइरहेको यस विश्वविद्यालयको आफ्नै छुट्टै शिक्षण अस्पताल नभएका कारण हाल स्वास्थ्य विज्ञान संकाय अन्तर्गतका शैक्षिक कार्यक्रमहरुको प्रयोगात्मक अभ्यास पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपालमा गराउँदै आइरहेको छ।
‘आफ्नो शिक्षण अस्पताल नहुँदा विद्यार्थीले प्रयोगात्मक अभ्यास गर्ने पर्याप्त अवसर पाउन सकिरहेका छैनन्,’ विश्वविद्यालयका उपकुलपति चिरन्जीवीप्रसाद शर्माले भने, ‘दक्ष जनशिक्त उत्पादनका लागि आफ्नै छुट्टै शिक्षण अस्पताल स्थापना गर्ने निर्णयमा पुगेका हौँ।’ उनले शिक्षण अस्पतालको पूर्वाधार निर्माण गर्न आवश्यक बजेट व्यवस्थापनका लागि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरिएको बताए।

उपकुलपति शर्माले आवश्यक बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री कार्यालयमा पत्र पठाइसकेको जानकारी दिए। ‘प्रयोगात्मक अभ्यासलाई अन्यत्र विद्यार्थी पठाइरहन कठिन भएकाले विश्वविद्यालयले आफ्नै एकीकृत अस्पताल सञ्चालन गर्नुपर्ने देखियो,’ शर्माले भने, ‘पहिलो चरणमा एक सय ५० शैय्याको अस्पताल सञ्चालन गर्ने र त्यसैलाई विस्तार गरी सात सय शैय्याको अस्पताल बनाई मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालन गर्ने योजना छ।’

यस विश्वविद्यालयले स्नातकोत्तर तहमा एमफर्मा इन नेचुरल प्रोडक्टर केमेस्ट्रि, एमफार्म इन क्लिनिकल फार्मेसी, एमपिएच इन हेल्थ सर्भिस पोलिसी रिसर्च, मास्टर इन नर्सिङ, मास्टर इन मेडिकल ल्याब टेक्नोलोजी लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment