पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Thursday, December 8, 2016

मृगौला प्रत्यारोपण सुरु गरेको तीन वर्षपछि पहिलोपटक कलेजोको सफल प्रत्यारोपण



२०७३ मंसिर २३ ( बिहीवार ) भक्तपुर /  मानव अंग प्रत्यारोपण केन्द्रले मृगौला प्रत्यारोपण सुरु गरेको तीन वर्षपछि मुलुकमै पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ। केन्द्रमा भक्तपुरका ३६ वर्षीय बलराम नागाको कलेजो प्रत्यारोपण गरिएको हो। उनकी दिदी ४१ वर्षीया सानुमाया लागेजुले कलेजो दान गरेकी थिइन्।

       स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाहरूको आठवटा अंग लिने र प्रत्यारोपण गर्ने बाटो खुला गरेपछि हालको प्रत्यारोपण सम्भव भएको हो। अब मुटु र फोक्सो प्रत्यारोपणको लक्ष्य लिइएको केन्द्रले जनाएको छ। हाल मुलुकमा बर्सेनि करिब एक हजार जनाको कलेजो फेल हुने आकलन विज्ञहरूको छ।

      दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका पाँच जना विशेषज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको थियो। शल्यक्रियामा केन्द्रका निर्देशक डा. श्रेष्ठको नेतृत्वमा डा.मोहनदेव भण्डारी, डा.प्रवीण जोशी, डा.सम्पूर्णमान तुलाधर संलग्न थिए। यस्तै एनेस्थेसिया र सघन उपचारमा डा.सुवास आचार्य, डा.आरती राई, डा.महालक्ष्मी देउजा, डा.किरण अधिकारी, डा.सन्दीप भण्डारी र डा.मिलन थापा थिए। पेट र कलेजो विशेषज्ञहरूको नेतृत्व डा.दीपेश गुरुवाचार्य र डा.नीरज जोशीले गरेका थिए।

     नर्सिङ टोलीको नेतृत्व इन्दिरा प्रधानले गरेकी थिइन् भने कलेजो रोग विशेषज्ञ डा.दिलीप शर्मा, डा.सुधांसु केसी, डा.अनन्त श्रेष्ठ, डा.विनीता जोशीले यसमा सहयोग गरेका थिए।मृगौला प्रत्यारोपण सुरु गरेको तीन वर्षपछि केन्द्रमा चिकित्सा विज्ञानमा धेरै जटिल मानिएको कलेजोको प्रत्यारोपण सुरु भएको हो। भारत पुगेर निजी अस्पतालहरूमा कलेजो प्रत्यारोपण गराउँदा एक करोडदेखि डेढ करोडसम्म लाग्ने गरेकोमा अब नेपालमा १५ लाखसम्ममा हुन सक्ने केन्द्रका निर्देशक एवं प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठले बताए। स्वास्थ्यमन्त्री गगन थापाले कलेजो प्रत्यारोपणलाई दिगो बनाउन अझै केही समय विदेशी विज्ञको सहयोग चाहिने बताए। डा. श्रेष्ठका अनुसार विज्ञहरूको यही टोलीले मंगोलियालगायतका देशमा पनि कलेजो प्रत्यारोपण गरेको थियो। ‘अहिले ती देशका आफ्नै चिकित्सक सक्षम भएका छन्,’ उनले भने।

     विज्ञहरूका अनुसार नेपालमा ५० प्रतिशतभन्दा बढीको कलेजो मदिरा सेवनका कारण फेल हुने गरेको छ। त्यसपछि हेपाटाइटिस ‘बी’ र ‘सी’ को संक्रमणले गर्दा कलेजो फेल हुने गरेको छ। मस्तिष्क मृत्यु भएकाहरूबाट दुई वटा मृगौला, दुई वटा फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा, आँखालगायतका आठ वटा मानव अंगलाई अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। -अतुल मिश्र/लीला श्रेष्ठ  ( कान्तिपुरबाट साभर )

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )
रेडियो मनकामना १०२.४ मेगाहर्ज
रेडियो मनकामना १०२.४ मेगाहर्ज
http://radiomanakamana.org/live Live Radio-Radiomanakamana
रेडियो मनकामना १०२.४ मेगाहर्ज
रेडियो मनकामना १०२.४ मेगाहर्ज

रेडियो मनकामना १०२.४ मेगाहर्ज

रेडियो मनकामना १०२.४ मेगाहर्ज

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन