![]() |
स्वास्थ्य मन्त्रालयले ल्याएको मानव अंग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणसँगै मस्तिष्क मृत्यु भएकाहरूको आठवटा अंग लिने र प्रत्यारोपण गर्ने बाटो खुला गरेपछि हालको प्रत्यारोपण सम्भव भएको हो। अब मुटु र फोक्सो प्रत्यारोपणको लक्ष्य लिइएको केन्द्रले जनाएको छ। हाल मुलुकमा बर्सेनि करिब एक हजार जनाको कलेजो फेल हुने आकलन विज्ञहरूको छ।
दक्षिण कोरियाको सियोलस्थित सामसुङ मेडिकल सेन्टरबाट आएका पाँच जना विशेषज्ञको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको थियो। शल्यक्रियामा केन्द्रका निर्देशक डा. श्रेष्ठको नेतृत्वमा डा.मोहनदेव भण्डारी, डा.प्रवीण जोशी, डा.सम्पूर्णमान तुलाधर संलग्न थिए। यस्तै एनेस्थेसिया र सघन उपचारमा डा.सुवास आचार्य, डा.आरती राई, डा.महालक्ष्मी देउजा, डा.किरण अधिकारी, डा.सन्दीप भण्डारी र डा.मिलन थापा थिए। पेट र कलेजो विशेषज्ञहरूको नेतृत्व डा.दीपेश गुरुवाचार्य र डा.नीरज जोशीले गरेका थिए।
विज्ञहरूका अनुसार नेपालमा ५० प्रतिशतभन्दा बढीको कलेजो मदिरा सेवनका कारण फेल हुने गरेको छ। त्यसपछि हेपाटाइटिस ‘बी’ र ‘सी’ को संक्रमणले गर्दा कलेजो फेल हुने गरेको छ। मस्तिष्क मृत्यु भएकाहरूबाट दुई वटा मृगौला, दुई वटा फोक्सो, मुटु, प्याङक्रियाज, सानो आन्द्रा, आँखालगायतका आठ वटा मानव अंगलाई अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। -अतुल मिश्र/लीला श्रेष्ठ ( कान्तिपुरबाट साभर )
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )
रेडियो मनकामना १०२.४ मेगाहर्ज
रेडियो मनकामना १०२.४ मेगाहर्ज
http://radiomanakamana.org/live Live Radio-Radiomanakamana
रेडियो मनकामना १०२.४ मेगाहर्ज
रेडियो मनकामना १०२.४ मेगाहर्ज
रेडियो मनकामना १०२.४ मेगाहर्ज
रेडियो मनकामना १०२.४ मेगाहर्ज

No comments:
Post a Comment