Pages

▼

Friday, January 20, 2023

‘भरतपुर अस्पतालको चौतर्फी विकासले तीव्र गति लिदैछ’ : मेसु डा. पौडेल

मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेल
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेल । तस्बिर : जय पाठक (जेपी)

चितवन, ६ माघ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको चौतर्फी विकासका कामहरू तीव्र गतिमा भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्रा.डा. कृष्णप्रसाद पौडेलले जनाएका छन् ।



अस्पतालको दीगो विकास, सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायतका अस्पतालको चौतर्फी विकास निर्माणको काम भइरहेकोउनले बताए । अस्पतालमा आवश्यक नयाँ मेडिकल उपकरण, भवन निर्माण लगायतको विकासका काम भइरहेको समेत उनले जानकारी दिए ।


भरतपुर केन्द्रीय अस्पताल
भरतपुर अस्पतालले हालै मात्र सञ्चालनमा ल्याएको छुट्टै इमर्जेन्सी भवन । तस्बिर : जय पाठक (जेपी)



अस्पतालले प्रसूति र सरूवा रोगको छुटाछुट्टै ब्लक समेत बनाउन लागिएको उनले जनाए । बिरामीलाई छिटो छरितो र गुणस्तरीय सेवाप्रवाहमा आफ्नो ध्यान केन्द्रित भएको छ । टाढाबाट सेवा लिन आउने बिरामी समेतलाई मध्यनजर गरी बिहान ८ बजेबाट नै जनरल ओपिडी सेवा थालिएको उनले जनाए । यो सेवाबाट बिमा र अन्य बिरामी समेतले सहज रूपमा सेवा पाइरहेको भन्दै उनले यो सेवा प्रभावकारी भएको बताए । 

भरतपुर अस्पताल
भरतपुर अस्पतालको प्रशान भवन । तस्बिर : जय पाठक (जेपी)


सेवाग्राहीलाई टिकट लिन घण्टौँ लाईन बस्नुपर्ने बाध्यतालाई हटाउन अनलाइन टिकटको व्यवस्था गरिएको छ । लामो प्रयास पछि योठूलो उपलब्धि हासिल गरिएको हो । शल्यक्रिया गर्नुपर्ने बिरामीले लामो समय कुर्नु नपरोस् भनेर शल्यकक्ष थप गर्नुको साथै अप्रेसनको समय अवधि समेत विस्तार गरिएको उनले बताए ।  


भरतपुर अस्पताल
भरतपुर अस्पताल फार्मेसी । तस्बिर : जय पाठक (जेपी)


अस्पतालको सरसफाइ, भवन निर्माण, कर्मचारी व्यवस्थापन, अस्पतालको सुन्दरता, बिरामी परीक्षण समयको विस्तार, सेवा सुविधा थपगर्ने, बिमाका बिरामीलाई धेरै भन्दा धेरै औषधि दिने, अन्य बिरामीलाई सहज रूपमा सुपथ मूल्यमा औषधि उपलब्ध गराउने लगायत अस्पतालको चौतर्फी विकास आफ्नो प्राथमिकतामा रहेको मेसु प्रा.डा.पौडेलले बताए ।


अस्पतालको ४६ औँ मेसु

विसं २०७८ भदौ १३ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको ४६ औँ मेसुमा प्रा.डा. पौडेललाई नियुक्त गरेको थियो । उनले १७ महिना मेसुको रूपमा आफ्नो जिम्मेवारी निभाइसकेका छन् । उनी यसअघि सोही अस्पतालको ३८ औँ मेसु बनिसकेका थिए । उनी विसं २०७५ साल असोज ७ गतेदेखि ७६ साल जेष्ठ १ गतेसम्म मेसु बनेका थिए । उनी सोही अस्पतालमा लामो समयदेखि कार्यरत अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् । 


सामाजिक सेवा एकाइ
अस्पतालको सामाजिक सेवा इकाई। तस्बिर : जय पाठक (जेपी)

उनी यस अस्पतालको समस्या, विकास निर्माणको अवस्था र गुरू योजनालगाएतका समग्र विषयमा निकै जानकार समेत छन् । जसलेगर्दा सर्वसाधारणले उनी नियुक्ति भएपछि अब अस्पतालको चौतर्फी विकासको आशा समेत व्यक्त गरेका थिए । उनी नेपाल चिकित्सकसंघ चितवनका पूर्वअध्यक्ष समेत हुन् ।

यो पनि हेरौं :

भरतपुर अस्पतालमा एक वर्षमा ७ मेसु परिवर्तन, तीन महिनापछि प्रा.डा. पौडेललाई जिम्मा


भरतपुर अस्पताललाई देशकै नमूना अस्पताल बनाउँछु : मेसु डा. पौडेल


भरतपुर अस्पतालको ओपीडी समय बढ्यो


भरतपुर अस्पतालमा जनरल ओपिडी सेवा सुरु


अध्यक्ष र मेसुको पहलमा भरतपुर अस्पतालमा निरन्तर सरसफाइ अभियान


भरतपुर अस्पतालमा बिरामीको चाप बढ्योः भोलिबाट ओपिडी टिकट बिहान ७ बजेदेखिनै खुल्ने


भरतपुर अस्पताल : ‘सीमित कर्मचारी–असीमित बिरामी’, भीड व्यवस्थापनमा हम्मे–हम्मे


भरतपुर अस्पतालको सेवा विस्तार, छुट्टै अतिविशिष्टिकृत क्लिनिक सञ्चालनमा


भरतपुर अस्पतालमा छुट्टै निःशुल्क औषधी वितरण कक्ष सञ्चालनमा


भरतपुर अस्पतालमा सधैजसो बिरामीको भीड, सेवालाई छिटो-छरितो बनाउने प्रयास


भरतपुर अस्पतालको ओपीडी टिकट अब सबैजनाले घरबाटै काट्न सक्ने, घण्टौं लाईन बस्नु नपर्ने


भरतपुर अस्पतालमा सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क 


  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment