Pages

▼

Wednesday, November 9, 2022

भरतपुर अस्पतालमा छुट्टै निःशुल्क औषधी वितरण कक्ष सञ्चालनमा


चितवन । चितवनस्थित भरतपुर अस्पतालले छुट्टै निःशुल्क औषधी वितरण कक्ष सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा आउने अति गरिब, विपन्न तथा सिमान्तकृत सेवाग्राहीहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच हुनेछ भन्ने कुरालाई मनन गरी यो निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । जहाँ सरकारी र अन्य स्रोतबाट प्राप्त हुने औषधी गरिब बिरामीले प्राप्त गर्न सक्ने उनले बताए । 


यसरी छुट्टै सेवा प्रदान गर्दा सबैलाई प्रष्ट र‌ सहज हुने उनको विश्वास छ । सो सेवाको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गत बिहीवार रिवन काटेर उद्घाटन गरिएका थिए । हाल ७० भन्दाबढी थरीका औषधी उपलब्ध छन् । यो सँख्यालाई बढाउँदै लैजाने मेसु डा. पौडेलले प्रतिबद्धता व्यक्त गरे ।



अति गरिब, वेवारिसे, विपन्न तथा सिमान्तकृत समुदायलाई अस्पतालको आकस्मिक कक्षमा समेत टिकट र उपचार यसअघि नै निःशुल्क हुँदै आएको छ । अस्पतालका मेसु डा. पौडेलले स्वास्थ्यमा सबैको पहुँच पुर्याउने उद्देश्यले सबै बिरामीलाई ओपिडी टिकट समेत निःशुल्क गरिदैं आएको बताए । यो निर्णयले सेवा छिटो-छरितो समेत भएको उनले जनाए । पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन समेत लामो समयलाग्ने गरेकोमा त्यो झन्झट समेत हटेको उनले बताए । 


अहिले अनलाईन टिकट लिने सेवाग्राही समेत बढ्दै गएको उनले जानकारी दिए । यसले अनलाईन टिकट दिने अस्पतालको कदम समेत प्रभावकारी बन्दै गएको विश्वास व्यक्त गरे । अस्पतालले गत बिहीवार नै आकस्मिक भवनको समेत उद्घाटन गरिएको थियो । एक समारोहबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त रूपमा भवनको उद्घाटन गरेका थिए ।


  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment