पाठक हेल्थ खबर

कोरोना भाइरसको लक्षणहरु- रुघाखोकी लाग्नु, क्रमस उच्च ज्वरो आउँनु, घाँटी, टाउको तथा जिउ दुख्नु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।... कोरोना भाइरसबाट कसरी बच्ने ?- नियमित साबुन पानीले हात धुने, भिडभाडमा नजाने, मास्क लगाउने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने आदी ।...तपाईं नेपाल लगायत विश्व कै सर्भाधिक लोकप्रिय अन्लाईन खबर - यस हेल्थ अन्लाईन खबर मार्फत आफ्नो सुचना, जानकारी मुलक सन्देश साथै आफ्नो संघ-संस्थाको बिज्ञापन प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुस्...हामी प्राथमिकताकासाथ प्रसारण गर्नेर्छौ... सिधा सम्पर्क - ९८५५०५२७२७,जय पाठक (J.P.)... स्वस्थ समाजको निर्माणमा हाम्रो अभियान जारी छ...हेल्थ अन्लाईन खबर हेर्दै रहनुहोला...

बिज्ञापन

बिज्ञापन
HI-TECH CEMENT

Nepal Life Insurance

हेल्थ अनलाइन खबर

हेल्थ अनलाइन खबर
स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर

CMC

CMC
हेल्थ अन्लाईन खबर

NIC ASIA - बैंक पनि साथी पनि

NIC ASIA - बैंक पनि साथी पनि
हेल्थ अन्लाईन खबर

Thursday, June 3, 2021

चितवन खबर पत्रिका ११ औँ वर्षामा प्रवेश, महामारीमा सञ्चार माध्यम थप जिम्मेवार बन्नुपर्ने


चितवन । छापापत्रकारिताको दुनियाँमा एकदशदेखि अनवरत रुपमा प्रकाशनमा आएको चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय दशौं वार्षिकउत्सव मनाएको छ । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय गन्तव्य धनगढा पार्कमा एक कार्यक्रमका बीच बार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।

गौरवमय दशौं वार्षिकोत्सवको अवसरमा गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी कुल बहादुर भण्डारी, विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवर रहनु भएको थियो ।


सो अवसरमा शुभकामना दिनु हुँदै समाजसेवी भण्डारीले मोफसलमा रहेर विभिन्न चुनौतिका बीच पत्रकारितालाई नियमित गरेको भन्दै चितवन खबर पत्रिकाको उच्च प्रशंसा गर्नुभयो । उहाँले विगत एकदशकदेखि चितवनको आर्थिक, सामाजिक, राजनैतिक रुपान्तरण खेलेको भूमिका अतुलनीय र अविस्मरणीय रहेको बताउनुभयो । आगामी दिनमा चितवनलाई आधार क्षेत्र बनाएर सामाजिक उत्तरदायित्वका साथै आवाज विहिनको आवाजको रुपमा सदैव स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको विशिष्ट अतिथि धनगढा एकीकृत विकास समितिका अध्यक्ष भरत सिंह कुँवरले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजलाई सुसुचित गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पत्रिकाले विकृति विसंगतीलाई चिर्दै समाजको ऐनाको रुपमा भूमिका निर्वाह गरेर अघि बढनुपर्ने भन्दै पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।


कार्यक्रमको सभापति एवम् चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाकी सम्पादक इन्दिरा पन्तले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिस्कृत र परिमाजर्न गर्दै लैजाने बताउनुभयो । सम्पादक पन्तले हालसम्म पत्रिका प्रकाशनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा सबैको मार्ग निर्देशनबाट नै अघि बढ्दै जाने बताउनुभयो ।

चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जस्तो सुकै विषम परिस्थितिमा पनि पत्रिकाले आफ्नो व्यवसायिक धर्म निर्वाह गर्दै आएको बताउनुभयो । पत्रिकालाई यहाँसम्म ल्याई पुर्‍याउने समस्त पाठक, शुभेच्छुक विज्ञापनदाता प्रति कार्कीले आभार प्रकट गर्नुभयो । त्यस्तै, पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठक (जेपी) ले पत्रिका एघारौँ वसन्तमा प्रवेश गर्दै गर्दा पत्रकारितामा थप परिपक्व र अझै बढी जिम्मेवार भएको बताउनुभयो । त्यसलाई पत्रकारिता मार्फत पत्रिकाले आगामी दिनहरूमा प्रमाणित गर्दै जाँने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ''विश्व यतिखेर कोरोना भाइरस (कोभिड–१९) महामारीले आक्रान्त छ । यो महामारीमा सञ्चार माध्यम थप जिम्मेवार बन्नु पर्ने भएको छ । हामीले ख्याल नगरी राख्ने हेडलाईनले महामारीले भन्दा बढी मानिसको मानस पटलमा गहिरो चोट पुग्ने गर्दछ । अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित गरिनु हुँदैन ।'' 


कार्यक्रममा भरतपुर महानगरपालिका १२ का वडा सचिव महेन्द्र बहादुर कार्की, धनगढा एकीकृत विकास समितिका निवर्तमान अध्यक्ष लेखराज पन्त “हरि”, लक्की मिडिया हाउस चितवनका निर्देशक, युवा उधमी एवम् समाजसेवी हेमन्त केसी ‘हरि’, ई. भोजराज कौडेल, नेपाली काग्रेस पार्टी केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ केन्द्रीय सदस्य चित्र बहादुर भण्डारी, दिनेश श्रेष्ठ “पासा” , कृण्ण कार्की, राजेश शर्मा आचार्य लगाएत नागरिक अगुवा , शुभेच्छुक, विज्ञापनदाता लगायतको उपस्थिति रहेको थियो । चितवन खबर पत्रिकाले गत वर्षदेखि आफ्नो अनलाईन संस्करण मार्फत पनि सूचना , समाचार सम्प्रेषण गर्दै आएको छ ।  
 

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )  

No comments:

Post a Comment

बिज्ञापन

बिज्ञापन

NAYAN MEDICAL HALL (9855051438)

NAYAN MEDICAL HALL (9855051438)
BHARATPUR-5, PREMBASTI CHOWEK

बिज्ञापन

बिज्ञापन

चौबिसैघण्टा - यहाँहरुको सेवामा नेशनल सिटी हस्पिटल फोन : ०५६-५२३४११

लामो समयदेखि आफ्नो सेवा सन्चालन हुँदै आएको यस नेशनल सिटी हस्पिटल अब थप सुविधाका साथ सुविधा सम्पन्न भवन हस्पिटल रोड, चौबिसकोठी - चितवनमा ! अस्पतालको नियमित सेवा सञ्चालन भैरहेको छ...अस्पतालले प्रदान गर्ने सेवाहरु : यूरोलोजि तथा जनरल सर्जरी सेवा / स्त्री तथा प्रसुति सेवा / नाक,कान,घाटि तथा क्यान्सर सम्बन्धि सेवा / हाड जोर्नी तथा नशा (क्यान्सर सम्बन्धि सेवा) रोग सेवा / फिजिसियन सेवा – दम,पेट,छाति तथा मुटु सम्बन्धि सेवा / प्रयोगशाला सेवा / रेडियोलोजि सेवा / बिरामि भर्ना सेवा आदि / थप जानकारीको लागि संपर्क : ०५६ - ५२४०१४ , ०५६-५२३४११ नेशनल सिटी हस्पिटल हस्पिटल रोड, चौबिसकोठी - चितवनमा !

बिज्ञापन

बिज्ञापन