Pages

▼

Friday, January 17, 2020

चितवनको एडभान्स अस्पताल अबदेखि देव हस्पिटल प्रालिको रुपमा सञ्चालन

- जय पाठक (जे.पी.)
       २०७६  माघ ०४ ( शनिवार ) चितवन / मेडिकल हवको रुपमा विकसित चितवनमा नयाँ सुविधा सम्पन्न अस्पताल खुल्ने क्रम जारी छ । भरतपुरको चौविसकोठीस्थित अस्पतालरोडमा रहेको एडभान्स सामुदायिक अस्पताल अब नाम परिवर्तन गरि देव हस्पिटल प्रालिको रुपमा सञ्चालनमा आएको छ । 


      नयाँ व्यवस्थापनका साथ बुधवारबाट अस्पताल सञ्चालनमा आएको हो । नेपाल स्काउट चितवनका जिल्ला आयुक्त एवम् नेपाल स्काउट गाइड फिलोसिपका केन्द्रीय उपाध्यक्ष तीर्थराज न्यौपानेले पूजाआजा गरी विधिवत रूपमा हस्पिटलको शुभारम्भ गरेका हुन् । 

      अत्याधुनिक प्रविधिको नयाँ भवन र सुविधा सम्पन्न मेडिकल उपकरण सहित नमुना अस्पतालको रुपमा देव हस्पिटल प्रालि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यवाहक अध्यक्ष प्रविन रानाभाटले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । सुविधा सम्पन्न क्याविन सहितको विशेषज्ञ सेवा उपलब्ध रहेको सो हस्पिटलमा ल्याप्रोस्कोपिक सर्जरी समेत हुने रानाभाटले बताए । छिट्टै आईसियु, एनआईसियु पनि सञ्चालनमा ल्याइने योजना रहेको उनले जानकारी दिए ।


     ईमर्जेन्सी सेवा, बिरामी भर्ना सुविधा र फार्मेसी सेवा सहितको सबै प्रकारका रोगको विशेषज्ञ सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ । यस अस्पतालले २०६३ सालदेखि हालसम्म एडभान्स सामुदायिक अस्पतालको रुपमा सेवा सञ्चालन गर्दै आएको थियो ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment