Pages

▼

Sunday, December 15, 2019

हाम्रो डक्टर न्युजको चितवन ब्युरो प्रमुखमा पाठक नियुक्त


    काठमाडौं, १७ मंसिर । हाम्रो डक्टर न्युजको चितवन ब्युरो प्रमुखमा जय पाठक (जे.पी) नियुक्त भएका छन् । झन्डै एक दशकदेखि सक्रिय रुपमा स्वास्थ्य पत्रकारिता गरिरहेका पाठकलाई चितवन ब्युरो प्रमुखमा नियुक्त गरिएको हो । 
        पत्रकारिताको माध्यमबाट सशक्त रुपमा कलम चलाउदै आएका पाठकको कार्यदक्षताका आधारमा ब्यूरो प्रमुखको जिम्मेवारी दिइएको हाम्रो डक्टर न्युजका संचालक तथा सम्पादक उद्धवराज भेटुवालले बताए। नवनियुक्त व्यूरोप्रमुख पाठकलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मेडिकल हवका रुपमा विकसित चितवनका गतिविधिलाई मूलधारमा ल्याउन आग्रह गरे । 


   ब्युरो प्रमुख बनेसँगै पाठकले आफुले थप जिम्मेवारी महसुस गरेको भन्दै, थप सशक्त रुपमा स्वास्थ्य पत्रकारितामा क्रियाशिल हुन प्रेरणा मिलेको प्रतिक्रिया दिए । स्वास्थ्यकर्मी समेत रहेका पाठक चितवन खबर राष्ट्रिय अर्धसाप्ताहिक पत्रिकामा स्वास्थ पत्रकार एवम् स्तम्भ संयोजक प्रमुख रहेका छन् । पाठकले पत्रिकामा समाचारसंगै डाक्टरसँग चितवन खबर, स्वास्थ्य सरोकार, मेरो प्रश्न विशेषज्ञको जबाफ, भ्वाइस् अफ दि फर्मासिष्ट, जनताको सरोकार मेरो बिचार लगायतको थुप्रै स्तम्भहरु सञ्चालन गर्दै आएका छन् । 


  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )
  • No comments:

    Post a Comment