- जय पाठक (जे.पी.)
२०७६ माघ १८ ( शनिवार ) चितवन / भरतपुर अस्पतालकाे आयाेजनामा ६ दिने निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हने भएकाे छ । यहि माघ १९ देखि २४ गतेसम्म ६ दिन निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन गर्न लागिएकाे कार्यक्रम संयाेजक राजकुमार ढुङ्गानाले जानकारी दिए । शिविर विहान १० बजेबाट दिउँसो ३ बजेसम्म चल्ने छ ।
शिविरमा पुरुषलाई स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ तथा महिलाका लागि स्थायी बन्ध्याकरण ‘मिनील्याप’ दुवै सेवा प्रदान गरिने ढुङ्गानाले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । सन्तानको रहर पुगिसकेका पुरुष र महिलाले विशेषज्ञ चिकित्सक तथा प्रविधिकाे प्रयाेगमा सञ्चालन हुन लागेकाे साे शिविरमा सहभागीहुन सर्वसाधारणलाई डा. सुजन अधिकारीले अनुराेध गरेका छन् । मिनील्याप सेवा लिन आउने दिन सेवाग्राही खालीपेट आउनु पर्ने छ ।शिविर डा. जगनाथ तिवारी र डा. सुजन अधिकारीकाे नेतृत्वमा हुने छ ।
अन्य समयमा अस्पतालमा आइतवार र शुक्रवार स्थायी बन्ध्याकरण सेवा सञ्चालन गर्दै आएकाे छ । भ्यासेक्टोमी वा मिनील्याव दुवैले दैनिक जीवनमा त्यस्तो कुनै असर पार्दैन । केही दिन सामान्य सावधानी अपनाएपछि पुगिहाल्छ ।यसकै कारण मानिस कमजोर हुन्छ भन्ने चाही भ्रम मात्र हो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment