Pages

▼

Saturday, December 30, 2017

अनन्त आशा नेपालको एक दिने नि:शुल्क स्वास्थ्य शिविर ।

      २०७४ पुष १५ ( शनिबार ) चितवन / अनन्त आशा नेपालको आयोजनामा आज  एक दिने नि:शुल्क स्वास्थ्य  शिविर सम्पन्न भएको छ । 

      चमेली देवी पिया राष्ट्रिय नि. मा. वि., भरतपुर - ४ मा  सम्पन्न सो शिविरमा विधार्थीहरु तथा पिछडिएको समुदायका बालबालिकाहरूकाे स्वास्थ्य परिक्षण गरिएको थियो ।

       चितवन मेडिकल कलेज भरतपुरमा कार्यरत बालरोग बिषेशज्ञ डा.  डिसुजा साक्य लगायतको टिमको सक्रिएतामा सो शिविर सम्पन्न भएको हो ।

       उक्त शिविरमा २०५ जना बिरामीको नि:शुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक बिरामीलाई नि:शुल्क औषधी समेत बितरण गरिएको सँस्थाका उपाध्यक्ष प्रदीप कुमार चौधरीले पाठक हेल्थ खबरलाई जानकारी दिनु भयो ।

    अनन्त आशा नेपालको आयोजना तथा चितवन मेडिकल कलेजको सहकार्यमा भएको सो कार्यक्रम  बिध्यालय प्राचार्य  निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।    
  
    नि:शुल्क स्वास्थ्य  शिविरको  फोटो फिचर  :
     अनन्त आशा नेपाल, विगत ४ वर्ष देखि सडक वालवालिकाहरुको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यहरुगर्दै आईराखेको सामाजिक सँस्था हो ।
  •  पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment