Pages

▼

Tuesday, October 10, 2017

कस्तुरीले रोजगारी दिने ।

-जय पाठक (जे.पी.)   

  २०७४ असोज २५ ( बुधवार ) चितवन / औषधी क्षेत्रमा लामो अनुभव समालिसकेका युवाहरुद्वारा सञ्चालित कस्तुरी फर्मास्युटिकल्स् प्रालिले आफ्नो रिक्त पदमा दरखास्त आवहान गरेको छ । 

     गुणस्तरीय औषधी उत्पादन गर्ने लक्ष्यको साथ स्थापना भएको दाबी गरेको यस कम्पनिले बि.फार्मेसी / एम.फार्मेसी लगायतका विभिन्न पदहरुमा आवेदन मागेको छ ।  

थप जानकारीका लागि सूचना हेर्नुहोस :
     ‘औषधी मानव स्वस्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको निकै सम्बेदनशील  चिज हो त्यसकारण यसको गुणस्तरमा कतिपनि सम्झौता गरिदैन आफ्नो ध्यान गुणस्तरीय उत्पादन र मानव स्वास्थ्यसंग रहन्छ’ कम्पनीका अध्यक्ष प्रवेक खनालले भन्नुभयो । 

        ‘चितवनमा उत्पादीत औषधी नेपालभर मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यको साथ अत्याधुनिक प्रविधि प्रयोग गरी कम्पनिले औषधी उत्पादन गर्न थालेको छ’ कम्पनिका मार्केटिङ डाइरेक्टर उद्धव बाबु त्रिपाठीले भन्नुभयो । देशका हरेक कुनामा रहेका जनाताले औषधी नपाएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम ठाउँहरुमा समेत विशेष संयन्त्र प्रयोग गरी औषधी पु¥याइने उहाँले जानकारी दिनुभयो ।
     अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधी उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने उद्देश्य सहित कम्पनी स्थापना गरिएको उहाँले जानकारी दिनुभयो  ।

      दक्ष जनशक्तिद्वारा सञ्चालित यस कम्पनिले औषधी क्षेत्रमा रहेको परनिर्भातालाई कम गरी यस क्षेत्रमा विशेष प्रविधि, नयाँ सोच, गुणस्तरीय उत्पादन , सुलभ मूल्य र सबैको पहुँच पु¥याउने विशेष गुरुयोजनाको साथ अघि बढेको  दाबी गरेको छ । कस्तुरी फर्मास्युटिकल्स् प्रालि एलोपेथिक औषधी उत्पादन गर्ने कम्पनि हो ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment