Pages

▼

Monday, February 5, 2018

एक हजार जना किशोरी तथा महिलाहरुलाई स्वास्थ्य तालिम तथा नि:शुल्क प्याड बितरण

      २०७४ माघ २२ ( सोमबार ) सिराहा / किशोरीहरुका दिन नेपालले सिराहा जिल्लामा यही माघ १७ देखि १९ गते सम्म तीन दिने महिनावारी सम्बन्धि तालिम तथा पुन्न प्रयोग गर्न मिल्ने प्याड नि:शुल्क बितरण गरेको छ। 

    लहान नगरपालिकाका सामुदायिक विधालयहरु - पशुपति उच्च मा. बि. मटिअर्बा लहान, बस्तीपुर उच्च मा. बि. बस्तीपुर र माध्यमिक बिधालय पडरिया, लोटस ईंगलिस वोर्डिङ स्कुल लहान लगायत महिला समुदायका महिलाहरु (मुसहर, मुसलिम, थारु आदि) लाई पनि तालिम तथा पून्न प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको  अनन्त आशा नेपालका उपाध्यक्ष तथा किशोरीहरुका दिन नेपालका प्रशिक्षक ई. प्रदीप कुमार चौधरीले जानकारी दिनु भयो । एक हजार जना किशोरी तथा महिलाहरुलाई महिनावारी सम्बन्धि तालिम तथा पून्न प्रयोग गर्न मिल्ने प्याड नि:शुल्क बितरण गरेको थियो ।

   आउंदो दिनहरुमा अझै वृहत रुपमा यस्ता कार्यक्रमहरु आयोजना गरिने किशोरीहरुका दिन नेपाल (Days for Girls Nepal) का कार्यक्रम संयोजक माया खैतुले बताउनु भयो ।

तालिम तथा पुन्न प्रयोग गर्न मिल्ने प्याड नि:शुल्क बितरण कार्यक्रमको फोटो फिचर  :

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )


 

No comments:

Post a Comment