Pages

▼

Monday, September 25, 2017

चितवनमा फर्मासिष्ट दिवसको कार्यक्रम (फोटो फिचर)

-जय पाठक (जे.पी.) 
      २०७४ असोज ०९ (सोमबार) चितवन / सेप्टेम्बर २५ अर्थात्  विश्व फर्मासिष्ट दिवसको अवसरपारी चितवनमा विभिन्न कार्यक्रम गरिएको  छ ।
     नेपाल फर्मास्युटिकल एसोसियसन् (एनपिए ) चितवन शाखाको आयोजनामा स्कुल अफ हेल्थ साईन्स कलेज परिसर भित्र अाैषधिजन्य वृक्षरोप्ने तथा शुभकामना अादानप्रदान कार्यक्रम गरिएको  छ ।

      फर्मासिष्टहरुले चौविसकोठीस्थित  बीचमा रहेको खाली सडकमै ठूलो अक्षरमा ‘ह्यापि फर्मासिष्ट डे’ लेखेर त्यसमै दिप प्रज्वलन समेत गरेका थिए । 

बृहत् अाैषधिजन्य वृक्ष-राेपण,दिप प्रज्वलन तथा शुभकामना अादानप्रदान कार्यक्रम (फोटो फिचर):







   








    
     कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिष्ट, सहायक फर्मासिष्ट (फार्मेसी सहायक ) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो ।

   त्यस्तैगरि भरतपुर अस्पतालमा कार्यरत फर्मासिष्टहरूले अस्पतालमा भर्ना भएका वृद्धवृदालाई फलफूल,ताैलिया,नेलकटर,साबुन लगाएतका घरायसी सामग्री वितरण गरेका थिए ।
     अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिष्ट दिवसको अवसर पारी फर्मासिष्टहरुले चितवन लगायत देशभर एकआपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रम गरी यो दिवस मनायका छन् ।
  •     पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )     

 

No comments:

Post a Comment