२०७४ असोज ०८ (आइतबार) चितवन / भोली सेप्टेम्बर २५ अर्थात् “विश्व फर्मासिष्ट दिवस” । “ अनुसन्धानदेखि
स्वास्थ्य हेरचाहसम्म : तपाईंको फर्मासिस्ट तपाईंको सेवामा’’ भन्ने नाराका
साथ यस वर्ष नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमगरी यो दिवस मनाइँदै छ ।
चितवनमा विश्व फर्मासिष्ट दिवसको कार्यक्रम यस्तो छ :
विश्व फर्मासिष्ट दिवसको अवसर पारेर चितवन र यस आसपासमा छरिएर रहेका फर्मासिष्ट,असिस्टेन्ट फर्मासिस्ट, विभिन्न कलेजहरुमा अध्ययनरत फार्मेसी विद्यार्थीहरु तथा अन्य स्वास्थ्य प्रोफेसनका व्यक्तिहरु बिच समग्र स्वास्थ्य क्षेत्रमा फर्मासिष्टको भुमिका छलफल तथा विश्व फर्मासिष्ट दिवसको अवसरमा शुभकामना आदन प्रदान गर्ने कार्यक्रम छ ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )



No comments:
Post a Comment