-जय पाठक (जे.पी.)
२०७३ पौष ३ ( आइतबार ) चितवन / भण्डारामा रहेको काशीरुपा निम्न माध्यामिक बिद्यालयमा आज एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा कार्यरत बालरोग बिषेशज्ञ डा. सन्तोष पाठकको नेतृत्वमा डा. सुसान्त अडिगा, डा. टेक बहादुर खड्का लगायतको टिमको सक्रिएतामा सो शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा २०० जना बिरामीको नि:शुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक बिरामीलाई नि:शुल्क औषधी समेत बितरण गरिएको डा. टेक बहादुर खड्काले पाठक हेल्थ खबरलाई जानकारी दिनु भयो ।
उक्त शिविरमा २०० जना बिरामीको नि:शुल्क स्वास्थ्य परिक्षण तथा आवश्यक बिरामीलाई नि:शुल्क औषधी समेत बितरण गरिएको डा. टेक बहादुर खड्काले पाठक हेल्थ खबरलाई जानकारी दिनु भयो ।
काशीरुपा निम्न माध्यामिक बिद्यालयको आयोजना तथा चितवन मेडिकल कलेजको सहकार्यमा भएको सो कार्यक्रम बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष ईन्द्रजित प्रजाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
भण्डारामा भएको एक दिने नि:शुल्क स्वास्थ्य शिविरको फोटो फिचर :
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment