-जय पाठक (जे.पी.)
काठमाडौं / सेप्टेम्बर २५ अर्थात विश्व फर्मासिस्ट दिवसको अवसर पारी गतशुक्रबार ग्रयाजुएट फर्मासिस्ट एसोसियसन नेपाल (जिपान) र नेपालभर वि. फार्मेसी अध्ययनरत विद्यार्थीहरुको नवगठीत संगठन फार्मेसी सोसाइटि अफ नेपाल (पिसन)ले एक विशेष कार्यक्रमका बीच एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाएको छ ।
स्वास्थ्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमा बोल्ने बक्ताहरुले फार्मेसी क्षेत्र स्वास्थ्य क्षेत्रकै निकै संवेदनशील एवम् महत्वपूर्ण क्षेत्र रहको बताउदै सबैमा संमेमित भएर काम गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमलाई संवोधन गर्दै स्वास्थ्य मन्त्री अधिकारीले फर्मासिस्टहरुको महत्वपूर्ण दिनमा सबैलाई शुभकामना दिंदै यसक्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्न तयार रहेको भन्दै त्यसमा सम्पूर्ण फर्मासिस्टहरुको साथ रहनेमा विश्वास व्यक्त गर्नुभयो ।
विभिन्न कलेजका वि फार्मेसी अध्ययनरत विद्यार्थीहरुको प्रतिनिधित्वहरुको समेत रहेको सो कार्यक्रममा फार्मेसी व्यवसायका सम्भावना तथा चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रमसमेत सम्पन्न भएको छ । जसमा फार्मेसी क्षेत्रमा लामो समयदेखि अनुभव बटुल्नु भएका फर्मासिस्ट एवम् व्यवसायीहरुले नेपालमा फार्मेसी क्षेत्रको विकासको निकै सम्भावना सँगै चुनौती पनि रहेको भन्दै त्यस्ता सम्भावनाहरुको खोजी गर्दै चुनौती बीच डटेर लाग्न सबैलाई प्रेरित गर्नुभयो ।
सो कार्यक्रम फार्मेसी क्षेत्र विकासको निम्ति लाभदायी भएको विश्वास व्यक्त गर्दै फार्मेसी क्षेत्रको विकासको निम्ति आफू सधैं लागि रहने र त्यसको लागि सबैको साथको खाँचो रहेको आयोजक समेत रहनुभएको जिपानका अध्यक्ष नन्दकीशोर भट्टले बताउनुभयो ।
औपचारिक कार्यक्रम शुरुहुनु अघि पिसनको आयोजनमा नयाँ वानेश्वर देखि माइतिघरसम्म विभिन्न जनचेताना मुलक सन्देश तथा मागहरु लेखिएका प्लेकार्डसहित मौन प्रभातफेरीसमेत निकालिएको थियो । उल्लेखनीय जनसभागिता रहेको सो कार्यक्रम जनचेतना दिलाउने तथा आफ्नो मागहरुप्रति सम्बन्धित निकायको ध्यान आकर्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम संयोजक टेक विकले जानकारी दिनुभयो ।सो कार्यक्रम पिसनका निरज बर्तौलले सन्चालन गर्नुभयको थियो ।
जिपानको आयोजनामा फार्मेसी व्यवसायका सम्भावना तथा चुनौती विषयक अन्तरक्रियात्मक कार्यक्रमको (फोटो फिचर):
पिसनको आयोजनामा निकालिएको मौन प्रभातफेरी (फोटो फिचर) :
'फर्मासिस्ट तपाईको स्वास्थ्यको सहयात्री ' भन्ने नाराको साथ यस वर्षको विश्व फर्मासिस्ट दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइयो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )



















No comments:
Post a Comment