Pages

▼

Wednesday, October 7, 2015

मोटाउन सन्तुलित खाना र व्यायाम अत्याबश्यक ।

जसरि मोटा मानिसहरु आफ्नो तौल घटाउन सधै चिन्तित हुन्छन त्यसै गरि दुब्ला मान्छेहरु पनि आफ्नो मोटाइ र तौल बढाउन आतुर हुन्छन । धेरै मोटो हुनु स्वास्थ्यको लागि जति हानिकारक छ उति नै धेरै पातलो हुनु पनि राम्रो भने हैन ।

मान्छेको लागि बढि मोटोपन मात्र होइन अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क बनाउनुपर्छ । 

त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन : 
खानाको पनि सन्तुलन मिलाउनुहोस, बदाम , नरिवल को पानी , नौनी घिउ , ओखर , केरा , काजु , ब्राउन राइस , पेस्ता , आलु , सिमि , पनिर , अण्डा , मासु , साल्मन , झिजे माछा , किसमिस , चिज आदि मोटाउन सहयोगी खाना हुन । साथै भात तथा कोदो र मकैको ढिडो ले वजन बढाउन सहयोग गर्दछन ।पानीको विकल्पमा जुस अथवा दुध खाँदा अझ राम्रो हुन्छ ।

- भोजनको मात्रा बिस्तारै बिस्तारै बढाउनुहोस जसले गर्दा तपाइको शरीरमा बढी शक्तिको संचय होस् ।

- दैनिक कम्तिमा आधा घण्टा व्यायाम गर्ने गर्नुहोस् । दुब्ला मानिसहरुलाई पनि व्यायाम अत्याबश्यक छ ।

 यद्यपि बढि मोटो हुनु राम्रो होइन, तर उमेर र उचाइ अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution ) 

No comments:

Post a Comment