Pages

▼

Saturday, June 22, 2019

नेपाल औषधी व्यवसायी संघ चितवनको अध्यक्षमा भण्डारी चयन ।



- जय पाठक (जे.पी.)
      २०७६ अषाढ ७ ( शनिबार ) चितवन / नेपाल औषधी व्यवसायि संघ (NCDA) जिल्ला उप–शाखा चितवनको अध्यक्षमा ईश्वर कुमार भण्डारी चयन हुनु भएको छ । अषाढ ६ गते शुक्रबार चितवनमा सम्पन्न छैटौं अधिवेशनबाट भण्डारी सर्बसहमतीले अध्यक्षमा चयन हुनुभएको हो । 



   त्यसैगरी, उपाध्यक्षमा बिनोद प्रसाद तिमिल्सिना, महासचिवमा लक्ष्मी लाल श्रेष्ठ, कोषाध्यक्षमा बिष्णु प्रसाद बास्तोला (मिलन) , सचिवमा तारानाथ अधिकारी, सह-कोषाध्यक्षमा हरि प्रसाद ढकाल चयन हुनु भएको छ । बिनोद पन्त,कपिल सुवेदी र टेक प्रसाद सापकोटा(बासु) सदस्यहरु सहित नौं सदस्य कार्यसमिति सर्बसम्बत चयन भएका हुन् ।

   संघका निवर्तमान अध्यक्ष  बद्रि खनालले नवनिर्वाचित कार्य समितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो  । नवगठित कार्य समितिकाे कार्यअवधि तीन बर्षकाे रहने छ ।




  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment