२०७५ चैत्र ९ ( शनिबार ) काठमाडौं / स्वास्थ्य दर्पण मिडिया नेटवर्कले सातौं वार्षिकोत्सव एवं ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड–२०७५’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
नेटवर्कले आज काठमाडौंमा एक कार्यक्रम गरी चिकित्सकदेख पत्रकारलाई ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड–२०७५’ बाट सम्मान गरेको हो । सम्मानित हुनेमा ७ वटै प्रदेश का ९ जना चिकित्सक प्रा.डा.संजिवकुमार शर्मा, डा.श्याम सुन्दर दास, डा.मदनकुमार पिया, प्रा.डा.श्यामराज रेग्मी, प्रा.डा.भरतबहादुर खत्री, डा.सुरेशकुमार कनौडिया, डा.निरेश थापा, डा.चन्द्रप्रकाश पाण्डे, डा.अजय न्यौपाने रहेका छन् ।
यस्तै हेल्थ अवार्ड स्वास्थ्यकर्मीद्वय कृष्णप्रसाद रिजाल र गोविन्द नेपाललाई समेत प्रदान गरिएको थियो । स्वास्थ्य संस्थाअन्तर्गत नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले समेत हेल्थ अवार्ड पाएको छ ।
यस्तै स्वास्थ्य पत्रकार अतुल मिश्र, पदमराज जोशी, दिपक दहाल, पुरुषोत्तम घिमिरे, कल्पणा आचार्य र उद्धवराज भेटवाललाई पनि हेल्थ अवार्ड प्रदान गरिएको थियो ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्ककोसातौं वार्षिकोत्सव एवं ‘स्वास्थ्य दर्पण हेल्थ अवार्ड–२०७५’ कार्यक्रमको फोटो फिचर :
सो कार्यक्रममा कांग्रेस महामन्त्री डा.शशांक कोइराला, पूर्वस्वास्थ्यमन्त्री डा.वंशिधर मिश्र, पत्रकार महासंघका महासचिव रमेश विष्ट, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा.जगदीशप्रसाद अग्रवाल स्वास्थ्य दर्पणका अध्यक्ष सन्दिप श्रेष्ठ लगायतकाले मुलुकमा स्वास्थ्य पत्रकारिताले गति लिँदै गरेको बताए ।नेटवर्कका अध्यक्ष सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ‘स्वाथ्य दर्पण’ पुस्तक समेत विमोचन गरिएको थियो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )



















No comments:
Post a Comment