Pages

▼

Monday, July 10, 2017

स्वास्थ्य कर्मी खकुरेलद्वारा एनआरएन यूके युवा संयोजकमा उम्मेद्वारी घोषणा

      २०७४ असार २६ (सोमबार)  लण्डन / स्वास्थ्य कर्मी राजन खकुरेलले एनआरएन यूकेको युवा संयोजकमा उम्मेद्वारी दिने घोषणा गर्नुभएकोछ । बेलायत स्थित नेपाली समुदायमा पहिले देखि नै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका खकुरेलले विभिन्न संघ संस्थामा रहेर सामाजिक काम गरि रहुनुभयको युवा हुनुहुन्छ ।

      बुद्ध फाउण्डेसन युकेका कोषाध्यक्ष र नेपाली युथ एशोसिएसन युकेका उपाध्यक्ष समेत रहेका खकुरेल युवा एनआरएन यूकेको संयोजक बन्न उम्मेदवारी घोषणा गर्नुभएको हो।  सन् २०१० मा बेलायत पुगेका खकुरेल बेलायतमा रहेका सबै नेपालीहरुमा माझ् परिचित हुनुहुन्छ।

युवाहरुको प्रतिनिधीका रुपमा आफु एनआरएन मा जान लागेकोले सबै युवाहरु सँग सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

खकुरेलका एजेण्डाहरु:
– नेपाली समुदायभित्र स्वास्थ्य , खेलकूद, शिक्षा, साहित्य, गायन, नृत्य लगायतका क्षेत्रमा भएका प्रतिभावान युवाहरुलाई समुदायमा बाहिर ल्याउने संस्कारको सुरुवात गर्ने।
– बेलायतको नेपाली समुदायमा ठुलो संख्यामा रहेका युवा तथा एनआरएन र सिंगो नेपाली समुदायबीचको सम्बन्धलाई घनिष्ठ र सुद्रिढ बनाउने ।
– बेलायतमा रहेका नेपाली विद्यार्थीहरुसँग एनआरएन को दुरी घटाउने र उनीहरुको समस्याहरुको सुनुवाई गराउन पहल गर्ने ।
– युवाहरुलाई बेलायती समुदायमा रहेका संघ सस्थासंग इङेज र समायोजन गराउने ।

   सन् २००८ मा काठमाडौँ विश्वविधालयब मेडिकल साइन्समाबाट जनरल मेडिसिन पूरा गरेका हाल लण्डनमा फार्मेसी इन्चार्जका रुपमा कार्यरत हुनुहुन्छ ।
  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment