-जय पाठक (जे.पी.)
२०७३ फाल्गुन ११ ( बुधवार ) चितवन / औषधी क्षेत्रमा लामो अनुभव समालिसकेका युवाहरुद्वारा सञ्चालित कस्तुरी फर्मास्युटिकल्स् प्रालिले आफ्नो रिक्त पदमा दरखास्त आवहान गरेको छ । गुणस्तरीय औषधी उत्पादन गर्ने लक्ष्यको साथ स्थापना भएको यस कम्पनिले बि.फार्मेसी लगायतका विभिन्न पदहरुमा आवेदन मागेको छ ।

थप जानकारीका लागि सूचना हेर्नुहोस :
भरतपुर उपमहानगरपालिका–१७ ब्रमपुर चितवनमा रहेको सो कम्पनिले हाल विशेष प्रविधिका साथ औषधीको अनुसन्धान, विकास तथा उत्पादनको काम तीब्र रुपमा भैरहेको कम्पनिका सेल्स् डाइरेक्टर उद्धव बाबु त्रिपाठीले जानकारी दिनुभयो ।
‘चितवनमा उत्पादीत औषधी नेपालभर मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्यको साथ अत्याधुनिक प्रविधि प्रयोग गरी कम्पनिले औषधी उत्पादन गर्न थालेको छ’ उहाँले भन्नुभयो । देशका हरेक कुनामा रहेका जनाताले औषधी नपाएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम ठाउँहरुमा समेत विशेष संयन्त्र प्रयोग गरी औषधी पु¥याइने उहाँले जानकारी दिनुभयो ।

‘औषधी मानव स्वस्थ्यसंग प्रत्यक्ष रुपमा जोडिएको निकै सम्बेदनशील चिज हो त्यसकारण यसको गुणस्तरमा कतिपनि सम्झौता गरिदैन आफ्नो ध्यान गुणस्तरीय उत्पादन र मानव स्वास्थ्यसंग रहन्छ’ कम्पनीका अध्यक्ष प्रवेक खनालले भन्नुभयो ।
अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधी उत्पादन गरी सुपथ मूल्यमै छिटै नेपाली बजारमा ल्याउन लागिएको र भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्ने उद्देश्य सहित कम्पनी स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
दक्ष जनशक्तिद्वारा सञ्चालित यस कम्पनिले औषधी क्षेत्रमा रहेको परनिर्भातालाई कम गरी यस क्षेत्रमा विशेष प्रविधि, नयाँ सोच, गुणस्तरीय उत्पादन , सुलभ मूल्य र सबैको पहुँच पु¥याउने विशेष गुरुयोजनाको साथ अघि बढेको दाबी गरेको छ । कस्तुरी फर्मास्युटिकल्स् प्रालि एलोपेथिक औषधी उत्पादन गर्ने कम्पनि हो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:
Post a Comment