Pages

▼

Monday, September 26, 2022

लिटिल एन्जल्स कलेजले विभिन्न कार्यक्रम गरी मनायो ‘विश्व फर्मासिष्ट दिवस’


ललितपुर, १० असोज । ललितपुरको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स कलेजले सेप्टेम्बर २५ अर्थात् बाह्रौं ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरपारी विभिन्न कार्यक्रम गरेको छ । कलेजमा अध्ययनरत् विद्यार्थी र शिक्षकले आइतवार विभिन्न जनचेतना मुलक सन्देश र फार्मेसी पेशाको महत्त्व झल्काउने ब्यानर सहित प्रभातफेरी निकालेका थिए ।



‘विश्व फर्मासिष्ट दिवस’ कै अवसर पारी औषधिजन्य वनस्पति वृक्षरोपण समेत गरिएको फर्मासिस्ट निर्मल राज मरासिनीले जानकारी दिए ।  वातावरण संरक्षण, सुन्दरता र स्वच्छ वातावरणको लागि वृक्षरोपण अपरिहार्य रहने उनले बताए । बोटबिरूवा हुर्काउन सके मात्रैमानव जातिलाई जीवन यापना गर्न सहज हुने भएकोले यस्तो कार्यक्रम गरिएको उनको भनाइ थियो । खाली ठाउँमा वृक्षरोपणका साथै बोटबिरुवाको संरक्षण गर्न सकेमा प्राकृतिक सन्तुलनसँगै वातावरण सुन्दरता समेत बढ्ने उनले बताए ।



त्यसैगरी, अहिले देशभर फैलिएको डेङ्गु, कोरोना, स्क्रब टाइफस जस्ता संक्रामक रोग तथा त्यसबाट बच्ने उपाए बारे समेत जनचेतना दिएको थियो । स्क्रब टाइफस छुचुन्द्रो, मुसा लगायतमा पाइने ‘माइट’ भनिने किर्नाले टोक्दा मानिसमा सर्छ । यो किर्ना विशेषगरी चौर, झारपात, पुरानोकाठ, घास आदिमा पाइन्छ । त्यस्तै डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । खासगरी स्त्रीजातिका एडिज लामखुट्टे कोटोकाइबाट यो रोग मानिसमा सर्ने गर्छ । डेङ्गु भएकालाई टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । त्यस्ता किर्ना रलामखुट्टेको टोकाइबाट बच्नु नै यी संक्रमणबाट जोगिने उत्तम उपाय रहेको परामर्श दिइएको थियो । कार्यक्रममा मानिसको उचाइ अनुसार मोटोपन ठीक छ वा छैन भनी बडी मास इन्डेक्स समेत परीक्षण गरिएको थियो ।



“एन्टिबायोटिक्स रेसिस्ट्रेण्ड (एन्टिबायोटिक्स काम गर्न छाड्दै जाने) र औषधी दुरूपयोग” विषयमा विद्यार्थीले जनचेतना मुलक नाटकसमेत प्रदर्शन गरेका थिए । अनावश्यक रूपमा एन्टिबायोटिक्सको प्रयोग गर्नु, औषधी पूरा मात्रामा सेवन नगरी बीचैमा छाड्नु जस्ता विभिन्न कारणले गर्दा दिन–प्रतिदिन औषधीले काम गर्न छाड्ने नेपाल लगायत विश्वकै प्रमुख समस्या बनिरहेको छ । बच्चा जन्मेदेखि नैहाइ–डोजको एन्टिबायोटिक्स प्रयोग गर्ने एउटा संस्कार नै बनिसकेको छ । “मेरो बच्चालाई एन्टिबायोटिक्स नचलाई सञ्चै हुँदैन त्यहिदिनोस् ।” प्रत्येक आमा–बाबुको मुखबाट सुन्न सकिन्छ । त्यसले भविष्यमा आफ्नो बच्चालाई कस्तो असर गर्ला ? आमा–बाबुलाई केथाहा, त्यहाँ उनीहरूमा जानकारीको अभाव छ । 
औषधीको विवेकपूर्ण प्रयोगलाई ख्यालै नगरी औषधीको अन्धा–धुन्ध प्रयोग गर्दै जाने हो भने औषधीले बिस्तारै काम गर्न छाड्दै जाने रनयाँ प्रभावकारी औषधी बन्न नसक्ने हो भने स्वास्थ्य क्षेत्रमा एक समय सङ्कटकाल नआउला भन्न सकिँदैन । त्यसतर्फ फर्मासिष्ट, चिकित्सक, अन्य स्वास्थ्यकर्मी उपभोक्ता र सबैजना सचेत बन्नु आवश्यक छ ।



अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिस्ट दिवसको अवसर पारी यस वर्ष ‘विश्व स्वास्थ्य लागि फार्मेसी एकता’ भन्ने नाराकोसाथ फर्मासिस्टहरुले देशभर एक आपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रमगरी यो दिवस मनाएका छन् ।

  • हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )


No comments:

Post a Comment