चितवन । सेप्टेम्बर २५ अर्थात् बाह्रौं ‘विश्व फर्मासिष्ट दिवस’ को अवसरपारी चितवनमा सप्ताहव्यापी कार्यक्रम हने भएको छ । नेपाल फार्मेसी संघ चितवन शाखाको आयोजनामा सो कार्यक्रम हुन लागेको संघका अध्यक्ष विनोद पन्तले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार जिल्लास्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम भरतपुरमा सम्पन्न भएको कार्यक्रम संयोजक सुशील सिक्देलले जानकारी दिए ।
उनका अनुसार ‘वर्तमान अवस्थामा स्थानीय तहमा फार्मेसी पेशाका अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो । संघका अध्यक्ष विनोद पन्तको सभापतित्त्वमा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा भरतपुर महानगरपालिका स्वास्थ्य संयोजक एव वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल, सिएमए संघका अध्यक्ष रामजी घिमिरे, पिनका जिल्ला अध्यक्ष प्रकाश सुवेदी, संघका अध्यक्ष विनोद पन्त, कार्यक्रमका प्रमुख अतिथि चित्रसेन अधिकारी लगायतले बोलेका थिए ।
फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो-
बोल्ने वक्ताहरूले फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो रहेको बताएका थिए । सबैभन्दा पहिला आफू दक्ष फर्मासिष्ट बनेर स्थापित हुन समेत अनुरोध गरेका थिए । उनीहरूले वर्तमान अवस्थामा फार्मेसी पेशाका अवसर र चुनौती बारे समेत आफ्नो धारण राखेका थिए ।
नयाँ औषधि पत्तालगाउने, औषधि बनाउने, त्यसको गुणस्तर निर्धारण गर्ने, गुणस्तर चेकजाँच गर्ने, बिरामीको पुर्जामा भएका त्रुटिहरुलाई सच्याउने, औषधि तथा रोगको बारेमा बिरामीलाई उचित परामर्श दिने, अन्य स्वास्थ्यकर्मीहरुलाई औषधिको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने लगायत बिरामीको हरेक स्वास्थ्य समस्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साथ दिने जस्ता क्षेत्रहरुमा फर्मासिस्टको महत्वपूर्ण भूमिका रहन्छ । फार्मेसी सन्चालन गर्ने अधिकार फार्मेसी पढेका लाईसेन्स प्राप्त फार्मेसी जनशक्तिलाई मात्र छ । लाइसेन्स भाडामा दिएर आफ्नो व्यवसाय र जनस्वास्थ्यमा असर पर्ने गतिविधी नगर्न समेत उनीहरूले सबैमा अनुरोध गरेका छन् । उनीहरूले फार्मेसी क्षेत्रको विकासको निम्ती सबैलाई एकजुट भई हातेमालो गरेर अघि बढ्न समेत अनुरोध गरेका छन् ।
कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट (फार्मेसी सहायक) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, स्थानीय जनप्रतिनिधी, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो ।
सप्ताहव्यापी कार्यक्रम यस्ता छन्-
संघले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधीसँग भेला एवम् अन्तरक्रिया कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, पुण्यदान, विभिन्न जनचेतना मुलक कार्यक्रम, विद्यार्थीलाई सीप मुलक तालिम र प्रभातफेरी लगायतका छन् ।
के छ यस वर्षको नारा ?
नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको निम्ति निर्माण भएको साझा संस्था हो । अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिस्ट दिवसको अवसर पारी यस वर्ष ‘विश्व स्वास्थ्य लागि फार्मेसी एकता’ भन्ने नाराको साथ फर्मासिस्टहरुले चितवन लगायत देशभर एक आपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रमगरी यो दिवस मनाउँदै छन् ।
यसअघि-
- हेल्थ अनलाइन खबर-स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )
.jpeg)

No comments:
Post a Comment