Pages

▼

Monday, May 24, 2021

विपतमा सहयोगी हातहरु : चितवनका लामिछाने परिवारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । 

भरतपुर महानगरपालिका–७ चितवन घर भइ हाल अमेरिका बस्दै आएका सिर्जना लामिछाने, वन्दना लामिछाने र उत्सव लामिछानेले संयुक्त रूपमा भरतपुर अस्पताललाई सो सामग्री सहयोग गरेका हुन । 



सोमवार एक कार्यक्रमका बीच रञ्जना लामिछाने र कामना लामिछानेको संयोजकत्वमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई सो सहयोग सामग्री हस्तान्तरण गरिएको छन् ।

कोरोनाको जोखिमबीच काममा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि सो सामग्री सहयोग गरिएको रञ्जना लामिछाने बताइन् । यो आफ्नो परिवारको सामाजिक उत्तरदायित्व बहन गरेको उनको भनाइ छ । 



उनका अनुसार अस्पताललाई ४० हजार ६ सय ७५ रूपैयाँ बराबरको अस्पताललाई सहयोग गरेका छन् । उनीहरूले कोरोना सुरक्षामा प्रयोग हुने स्वास्थ्य सामग्री अन्तर्गत पिपिई, ग्लोब्स, सर्जिकल मास्क, फेस सिल, ह्याण्ड सेनिटाईजर लगाएतका सामग्री सहयोग गरेका छन् ।

सोही अस्पतालमा कार्यरत फर्मासिष्ट सुर्य बिक्रम थापाले सो सामग्री उपलब्ध गराउन अस्पतालसँग समन्वय गरेका थिए ।

  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution ) 

No comments:

Post a Comment