Pages

▼

Monday, December 7, 2020

चिसोमा दाँतको हेरचाह कसरी गर्ने ? यस्ता छन् उपाय

 

जसरी गर्मीमा मानव स्वास्थ्यमा विभिन्न समस्या आउने गर्छ त्यसरि नै जाडोमा पनि विभिन्न समस्याले सताउन सक्छ । त्यसकारण समयमै सावधानी अपनाउनुपर्ने हुन्छ ।  

मौसमी रुघाखोकी, फ्लु, ज्वरो, टाउको दुख्ने, पिनास, टनसिल बढ्ने लगायतका समस्या जस्तै दाँतको दुखाई पनि जाडो मौसममा हुन सक्छ । त्यसकारण चिसोमा दाँतलाई सुरक्षीत राख्न यी उपाय अपनाऔं: 


♦  चिसो समयमा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरका तापक्रममा पनि कमी आउँदा दाँतको दुखाई बढी हुने गर्छ । 

♦  दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।

♦  खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन गर्दा दाँतमा समस्या हुन्छ । 

♦  सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वस्थ रहन सकिन्छ । 

♦  खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रोसँग मुख कुल्ला गर्नु उत्तम हुन्छ । 


  • पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment