Pages

▼

Wednesday, February 8, 2017

प्रतिवन्धित मल्टिभिटामिनको पैठारी तथा बिक्री विरतरणमा रोक

    २०७३ माघ २७ ( बिहीवार ) काठमाडौँ / औषधि व्यवस्था विभाग(डीडीए)ले डायटरी सप्लिमेन्ट तथा  मल्टिभिटामिन र मल्टिमिनरलको नाममा आएका प्रतिवन्धित औषधिजन्य उत्पादनको पैठारी तथा बिक्री विरतरणमा रोक लगाएको छ ।

      पुनराबेदन अदालत पाटनले २०७२ असोज २० गते नै प्रतिवन्धित औषधिजन्य उत्पादनको पैठारी तथा बिक्रीवितरणमा रोक लगाउन आदेश दिएको सोह्र महिना पछि सूचना निकालेर सो कुरा जनाएको हो ।

      उत्तेजना बढाउने , शक्तिबर्धक ,कमजोरी हटाउन, रोग लाग्न नदिन, जीम गर्नेहरुका लागि उपयोगी ,  उचाई बढाउने आदि सन्देश सहित आएका त्यस्ता  मल्टिभिटामिन र मल्टिमिनरलको नाममा ट्यावलेट, क्याप्सुल,झोल, ग्य्रानुल्स, पाउडर आदिको रुपमा बजारमा निर्बाध रुपमा बिक्री वितरण हुँदै आएका छन् ।
  

 

     औषधि व्यवस्था विभाग(डीडीए)ले यस्ता औषधिजन्य पदार्थको पैठारी र बिक्रीमा प्रतिवन्ध लगाउने सूचना जारी गरेपनी आदेशलाई कार्यान्वनयमा ल्याउने हो या होइन हेर्न बाँकी नै छ ।

                                      औषधि व्यवस्था विभाग(डीडीए)ले  निकालेको सूचना:
  •  पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )

No comments:

Post a Comment