२०७३ असोज १० ( सोमबार ) चितवन / सेप्टेम्बर २५ अर्थात् छैठौं विश्व फर्मासिष्ट दिवसको अवसरपारी चितवनको भरतपुर–१० चौविसकोठीमा आइतबार साँझ दिप प्रज्वलन गरिएको छ ।
नेपाल फार्मेसी संघ चितवनको आयोजनामा भएको सो कार्यक्रमा फर्मासिष्टहरुले चौविसकोठी
स्थित बीचमा रहेको खाली सडकमै ठूलो अक्षरमा ‘आइ कियर फर यु–ह्यापि फर्मासिष्ट डे’ लेखेर त्यसमै दिप प्रज्वलन गरेका थिए ।
“फार्मेसी स्वास्थ्य क्षेत्रको निकै संवेदशील पाटो हो । स्वास्थ्य समाजको निर्माणको निम्ती फर्मासिष्टहरुको निकै महत्वपूर्ण भूमिका हुन्छ । सबैभन्दा पहिला आफू दक्ष फर्मासिष्ट बनेर स्थापित हुनुपर्छ ।” – चितवन मेडिकल कलेज स्कुल अफ फार्मेसीका शिक्षक सिनीयर फर्मासिष्ट कैलाश थपलियाले सो कार्यक्रमलाई संवोधन गर्दै भन्नुभयो ।
त्यसै गरी कार्यक्रमा बोल्दै उपकार मेडिकल हल भरतपुर चितवनका सन्चालक नविन प्रकाश अधिकारीले –“नयाँ औषधि पत्तालगाउने, औषधि बनाउने, त्यसको गुणस्तर निर्धारण गर्ने, गुणस्तर चेकजाँच गर्ने, बिरामीको पुर्जामा भएका त्रुटिहरुलाई सच्याउने, औषधि तथा रोगको बारेमा बिरामीलाई उचित परामर्श दिने, अन्य स्वास्थ्यकर्मीहरुलाई औषधिको प्रयोगको सम्बन्धमा आवश्यक जानकारी दिने लगायत बिरामीको हरेक स्वास्थ्यसमस्यमा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा साथ दिने जस्ता क्षेत्रहरुमा फर्मासिष्टको महत्वपूर्ण भूमिका हुन्छ । ”साथै फार्मेसी सन्चालन गर्ने अधिकार हामी फार्मेसी पढेकाहरुलाई मात्र छ । लाइसेन्स भाडामा दिएर आफ्नो व्यवसाय र जनस्वास्थ्यमा असर पर्ने गतिविधी नगर्न समेत उहाँले अनुरोध गर्नुभयो ।
छैठौं विश्व फर्मासिष्ट दिवसको अवसरपारी चितवनको भरतपुर–१० चौविसकोठीमा आइतबार साँझ दिप प्रज्वलन कार्यक्रमको (फोटो फिचर):
फोटो : पाठक हेल्थ खबर
फर्मासिष्ट वास्तवमा को हुन? भन्ने कुरामा अझैपनि धेरै अनविज्ञ रहेको हुँदा उनीहरु स्वास्थ्य क्षेत्रका उदाउदा बत्ति हुन भन्ने सांकेतीक सन्देश दिने र एकआपसमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक विनोद पन्तले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रको विकासको निम्ती सबैलाई एकजुट भई हातेमालो गरेर अघि बढ्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिष्ट, सहायक फर्मासिष्ट (फार्मेसी सहायक ) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उपस्थित रहेको थियो । अन्तर्राष्ट्रिय स्तरमा समेत मनाइने विश्व फर्मासिष्ट दिवसको अवसर पारी फर्मासिष्टहरुले चितवन लगायत देशभर एकआपसमा शुभकामना आदान प्रदान गर्दै विभिन्न कार्यक्रम गरी यो दिवस मनाइयो ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )




No comments:
Post a Comment