२०७३ श्रावण ०८ (शनिबार) काठमाडौं / स्वास्थ्य शिक्षा सुधारको माग गर्दै चौध दिनदेखि आमरण अनशनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको समर्थनमा देशभर शनिबार पनि विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् । समर्थनमा ठाउँ-ठाउँमा र्याली एबम् धर्ना चलिरहेको छ। काठमाडौंको माइतीघर मण्डलमा हजारौंको संख्यामा जम्मा भएका सर्वसाधारणले नयाँ बानेश्वर पुगेर धर्ना दिइरहेका छन् ।
राजधानीमा भएको विशाल सभा :
तस्बिरः बासुदेव न्यौपाने
काठमाडौंमा हजारौंको संख्यामा जम्मा भएका सर्वसाधारण :
तस्बिरः अंगद ढकाल
चिकित्सक संघ चितवन शाखाले पनि केसीको मागप्रति ऐक्यवद्धता जनाउदै :
तस्बिरः डाक्टर कृष्ण पौडेल
डा केसीको समर्थनमा निस्किएका ‘नौला’ अनुहार :
तस्बिरः डिबी खड्का
डा. केसीले उठाएका केही मागमा सरकारी वार्ता टोली सकारात्मक भएपनि अहिलेसम्म कुनै पनि बुँदामा सहमति नजुटेको डा. केसीका प्रतिनिधिले बताएका छन् ।
- पाठक हेल्थ खबर -स्वास्थ्य सम्बन्धी सम्पूर्ण खबर ( A single CLICK for a complete solution )




No comments:
Post a Comment